देवचुली ।
Your Choice एजुकेशन कन्सलटेन्सिको १२ औँ शाखा दलदलेमा शुभारम्भ भएको छ । आज (सोमबार) देवचुलीको दलदलेमा देवचुली उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष धर्मराज बस्यालले रिबन काटेर कन्सलटेन्सिको शुभारम्भ गर्नुभएको हो
बिद्यार्थिहरुको भविष्य सुनिश्चित र उनिहरुलाई सहजता दिलाउन कन्सलटेन्सिले महत्वपूर्ण भुमिका खेल्न सक्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि बस्यालले शुभकामना दिनुभएको छ ।
विद्यार्थिहरुलाई बैदेशीक शिक्षामा सहजता दिलाउने उदेश्यले नवलपुरको देवचुली नगरपालिका १३ दलदलेमा शाखा विस्तार गरीएको कन्सलटेन्सि दलदले शाखा प्रमुख ठाकुर कोईरालाले जानकारी दिनुभयो ।
विद्यार्थिहरुलाई साईप्रस, युके, दक्षिण कोरीया, जापान तथा अष्टे«लियाका लागी निशुल्क भाषा अध्यापन गराईने उदेश्यले शुभारम्भ गरिएको कोईरालाको भनाई छ ।
वैदेशिक शिक्षामा मोह राखेर अध्यनका लागी बैदेशिक भुमिमा जाने विद्यार्थिहरुका लागी कन्सलटेन्सिले महत्वपूर्ण भुमिका खेल्ने युवर च्वाईस एजुकेशन कन्सलटेन्सिका प्रोपाईटर किरण भुर्तेलले बताउनुभयो । आर्थिक रुपमा कमजोर रहेका विद्यार्थिहरुलाई बैदेशिक अध्यन प्रकृयामा समेत सहुलिएत दिने भुर्तेलले बताउनुभयो ।
दलदले शाखा कुल एण्ड एलेन पेट्रोल पम्पसँगै रहेको सुविधा कम्प्युटर सेन्टरको आडमा रहेको छ ।
Your Choice एजुकेशन कन्सलटेन्सिको काठमाण्डौँमा ४ ओटा शाखा रहेको छ भने अर्को हप्ता नवलपुरको दुम्किवासमा पनि शुभारम्भ गरिने बताईएको छ ।