
भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिका ५ कदमपुरमा मापदण्ड विपरित खनिज जन्य पदार्थ उत्खनन् गर्ने क्रममा जेसिबिलाई देवचुली नगरपालिकाले नियन्त्रणमा लिएको छ । आज (वुधवार) बिहान ८ बजेको समयमा नगरपालिकाबाट खटिएको टोलिले ना १ क ४२०३ नम्बरको जेसिविलाई नियन्त्रणमा लिएको हो ।

देवचुली नगरपालिकाले ढुंगा माटो जन्य पदार्थ उत्खनन्का लागी १ मिटर गहिराई सम्म उत्खनन् गर्न अनुमति दिएको थियो । तर नगरपालिकाले दिएको अनुमति भन्दा झण्डै दोब्बर गहिराईमा जेसिविले उत्खनन् गर्दै गरेको अवस्थामा जेसिबिलाई प्रकाउ गरी देवचुली नगरपालिका कार्यालय ल्याईएको छ ।
अनुमति विपरीत उत्खनन् भएको गहिराई पुन पुर्ने भन्दै राजिब बि.क. को नाममा प्रतिवद्धता पत्र देवचुली नगरपालिकामा पेश भएको छ ।