
मंसिर २०,
काठमाण्डौ ।
नेपालका लागि गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । १४ मिनेट ५४।२० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

भारतीय खेलाडी सुनील दावारले रजत पदक जिते । उनले १४ मिनेट ५५।२१ सेकेन्डमा दौड पूरा गरेका थिए । नेपालकै हरि रिमालले १४ मिनेट ५७।०५ सेकेण्डमा दौड पूरा गर्दै कांस्य पदक जिते ।
जारी सागमा नेपालले एथ्लेटिक्समा दोस्रो स्वर्ण जितेको हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । योसँगै जारी सागमा नेपालले स्वर्ण पदकको संख्या ३७ पुर्याएको छ ।