
भिम भुसाल, देवचुली ।
देवचुली नगरपालिकाको सबै वडामा वडा कार्यालय निमार्ण गर्ने कार्यले तिव्रता पाएको छ । वडावासीको समस्या र आवश्यकतालाई सहज बनाउन वडा कार्यालय भवन निमार्णको थालनी गरीएको हो ।
देवचुली नगरपालिकाको ६ ओटा वडाको भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । वडा नम्बर ४,५,६,८,९ र १७ नम्बर वडाका वडा कार्यालय भवन निमार्णको ९७ प्रतिशत काम सम्पन्न भै सकेका छन् । वडा नम्बर ११ को भवन निमार्ण कार्य १ महिनामा सम्पन्न हुने देवचुली नगरपालिका ईन्जिनियर सन्तोस काफ्लेले पावर संदेशलाई बताउनुभयो ।

वडा नम्बर २ र १४ को डिपिसी सम्पन्न भएको छ भने वडा नम्बर १० को भवन निमार्णका लागी टेण्डर आह्वान गरीएको छ । त्यस्तै वडा नम्बर १, ३, १२ र१६ को हाल सञ्चालनमा रहेको कार्यालयबाट नै सेवा दिईने छ । त्यस्तै वडा नम्बर १३ मा वडा कार्यालय निमार्णको लागी जग्गा खोज्दै गरेको र वडा नम्बर १५ मा विद्यालयको जग्गामा वडा कार्यालय निमार्ण गरीने योजना रहेको नगरपालिकाबाट बताईएको छ ।
वडा नम्बर २ र १४ को विलारी निमार्ण सेवाले ठेक्का लिएको छ भने अन्य निमार्णाधिन वडाहरुको डोको कन्ट्रक्सनले मंसिर मसान्त सम्म काम सक्ने गरी जिम्मा लिएको छ । प्रत्येक वडालाई करिव २५ लाख रुपैयाका दरले लागत लाग्ने नगरपालिकाले अनुमान गरेको छ । सवै वडामा एकै स्वरुपमा ८ कोठे भवन निमार्ण गरीएको छ । जसमा २ कोठा बराबर हल, वडा अध्यक्ष, वडा सचिव, प्राविधिक, शौचालय, र २ कोठा बराबर सेवाग्राहीलाई गरी ८ कोठा बरावरको भवन निमार्ण गरीएको ईन्जिनियर, काफ्लेले बताउनुभयो ।