
भिम भुसाल
२३–मंसिर, देवचुली ।
नेपाल सरकारको युवा स्वरोजगार परियोजना नवलपुरको देवचुलीमा प्रभावकारी बनेको छ । आर्थिक रुपमा विपन्न तथा स्वरोजगार बन्न चाहाना राखेका युवा ब्यवसायिहरुले सहकारीको माध्यमबाट न्युनतम ब्याजदरमा बिना धितो ऋण प्राप्त गरी ब्यवसाय सञ्चालन गर्दा परियोजना प्रभावकारी बनेको हो ।
देवचुलीको नव प्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्थाले नेपाल सरकारको अर्थ मन्त्रालय अन्र्तगत युवा तथा साना व्यवसायी स्वरोजगार कोषको लगानीबाट आफ्ना विपन्न उपभोत्ता सदश्यहरुलाई १० प्रतिशत ब्याजमा रकम उपलब्ध गराई ब्यवसाय सञ्चालन गराई रहेको छ । जसले गर्दा स्थानिय युवाहरु स्वदेशी भुमिमा नै सफल ब्यवसायी बन्न सक्ने भएका छन् । परियोजना अन्र्तगत छनोटमा परेका युवाहरुले परियोजनाले उपलब्ध गराएको कुल रकमलाई तिन वर्ष छ महिना भित्र १२ किस्तामा लिएको ऋण चुक्त्ता गर्नुपर्ने हुन्छ । तोकिएको समयमा लिएको ऋण चुक्त्ता गर्ने ब्यवसायीलाई कुल रकमको ६० प्रतिशत ब्याज अनुदान र्फिता हुने हुदा पनि युवा स्वरोजगार प्रभावकारी मानिएको छ ।
परियोजना अन्र्तगतको कर्जा बिमा, पशु चौपाय तथा ब्यवसाय र ब्यवसाय गर्ने ब्यक्तिको समेत नेपाल सरकारबाटै जिवन बिमा हुने हुदा स्वरोजगार बन्न चाहनेको संख्यामा वृद्धि भएको स्वरोजगारकोष नवलपरासी सदस्य सचिव प्रितम भुजेलले बताउनुभयो ।

सोमबार नव प्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेड अन्र्तगर्त ऋण लिएर परियोजना सञ्चालन गरेका ब्यवसायको अनुगमन भएको छ । देवचुली नगरपालिकाको वडा नम्बर ९ र १० मा सञ्चालित युवा स्वरोजगार अन्र्तगतको १३ परियोजनाको अनुगमन भएको हो । जसमा किराना पसल, कुखुरा पालन,भैसि पालन, मौरी पालन, गाई पालन, ईलेक्ट्रोनिक पसल लगाएतका ब्यवसायको अनुगमन भएको थियो ।
अनुगमनमा अनुगमन अधिकृत चण्डीराज नेपाल, स्वरोजगारकोष नवलपरासी सदस्य सचिव प्रितम भुजेल, अस्थाई प्रहरी चौकि दलदलेका प्रमुख अर्जुन राना, नव प्रगति पृथ्वी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरभुपाल भुसाल, अध्यक्ष मानसिङ खत्री, उपाध्यक्ष देवेन्द्र भट्टराइ,कोषाध्यक्ष राधादेवी न्यौपाने, सदस्य दिनाकुमारी पराजुली लगाएतका सञ्चालक समिति पदाधिकारी, कर्मचारी सहित पत्रकारको सहभागिता रहेको थियो ।