मंसिर २४, काठमाडौँ ।
भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो ।
नेपाललाई स्वर्ण दिलाउन अभिषेक रिजाल र सुनिल बलले एक एक गोल गरे ।
खेलको १६ औं मिनेटमा अभिषेकले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
तर, खेलको ५२ औं मिनेटमा सुनिलले गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाए । खेलमा थप गोल हुन सकेन र नेपालले २(१ को जितसँगै स्वर्ण जितेको छ ।