भिम भुसाल देवचुली ।
मंसिर-२५,
देवचुली नगरपालिका ४ बस्ने वर्ष १० का बिवस बसेल (नेपाली)को स्वास्थ्य अवस्था बुझ्न साँसद सहितको टोली अस्पताल पुगेको छ । ब्लड क्यानसरको लक्षण देखिएका बालकको स्वास्थ्य अवस्था बुझ्न प्रदेश सांसदहरु विष्णु प्रसाद लामिछाने, कृष्ण चन्द्र नेपाली सहितको टोलि आज (बुधवार) विहान वी. पी. कोईराला मेमोरीयल क्यानसर अस्पताल भरतपुर पुगेको हो ।
सांसद सहितको टोलीले बालकको स्वास्थ्य अवस्था हेरीरहेका डाक्टर कृष्ण सागर शर्मा, डाक्टर निभा तिवारी, अस्पताल प्रसाशन पक्ष तथा बालक र बालकको बुवासँग भेट गरी स्वास्थ्य अवस्थाको बिषयमा जानकारी लिएका थिए । १५ दिन अगाडि क्यानसर अस्पतालमा भर्ना भएका बसेलको स्वास्थ्य परिक्षण गरी केम्भो चढाउन शुरु भएको र २५ प्रतिशत केम्भो चढाईसकिएको डाक्टर निभा तिवारीले सांसद सहितको टोलीलाई जानकारी दिनुभयो । बालकलाई ए एम एल को एम ३ टाईपको ब्लड क्यानसर भएको डाक्टर तिवारीले जानकारी दिनुभयो । पिडित बालकलाई ३ देखि ६ महिना सम्म अस्पताल राख्नु पर्ने अस्पताल प्रशासन पक्ष बाट जानकारी गराईएको छ ।
आर्थिक रुपमा विपन्न परिवार रहेको बालकको स्वास्थ्य उपचार गर्न समस्या भएको बालकका बुवा देव बहादुर बसेल (नेपाली)ले पावर संदेशलाई बताउनुभयो । ७ परिवार रहेको बसेलको चौधरी उद्योगमा ज्याला मजदुरी गरेर कमाएको रकमले उपचार गर्न नपुग्ने बसेलले बताउनुभयो । देवचुली ४ मा नै रहेकोे श्री शान्ति सिर्जना आधारभुत विधालयमा कक्षा ३ मा अध्यन गरीरहेका बालक बिवसलाई आर्थिक सहयोग गरी बालकको ज्यान बचाईदिन बुवा देव बहादुर बसेलले सबैलाई अनुरोध गर्नुभएको छ । बालकको सहयोगको लागी कृर्षि बिकास बैक र कामना सेवा विकास बैँकको खाता नम्बर उपलब्ध गराईएको छ । बुवा देव बहादुर बसेलको नाममा कृर्षि बिकास बैँकमा रहेको खाता नम्बर ०४१५१०११०१५९८०१९ र कामना सेवा बिकास बैँकको ०२१११४०००६८८५०००००१ नम्बरको खातामा आर्थिक सहयोग उपलब्ध गराईदिन बालकका बुवाले आग्रह गर्नुभएको छ ।
बालकको स्वास्थ्य अवस्था बुझ्दै सांसदहरुले पिडित बालकका बुवालाई नआत्तिन सुझाव दिदै सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । बालकको स्वास्थ्य अवस्थाबारे बुझ्न काँग्रेस सांसद एंव नेताहरु अस्पताल पुगेका थिए । तरुण दल जिल्ला पूर्व सभापति एंव उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अम्रित भट्टचन समेत पिडित बालकको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएको थियो ।
बालकको स्वास्थ्य लाभको कामना सहित प्रदेश सांसदहरु विष्णुप्रसाद लामिछाने, कृष्णचन्द्र नेपाली, नेपाली काँग्रेस महासमिति सदस्य गजेन्द्र आले, तरुण दल जिल्ला पूर्व सभापति एंव उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष अम्रित भट्टचन, तरुण दल देवचुली नगर सदस्य भिमचन्द्र गुरुङ्, तरुण दल वडा नम्बर ४ सभापति रुपेश विश्वकर्मा, युवा समाजसेवी धन बहादुर लुङ्गेली सहितको टोली अस्पताल पुगेको थियो ।