• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Thu, 28, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

नवलपरासीमा टिप्परलाई टाइमकार्ड लगाइँदै, यात्रु पनि बोक्न नपाउने

पावर संदेश
   २६ मंसिर २०७६, बिहीबार ०९:३८  मा प्रकाशित
  • 227 पटक पढिएको







  • मंसिर २६, नवलपरासी ।

    पश्चिम नवलपरासीमा सडक दुर्घटना न्यूनिकरण गर्न निर्माण सामग्री बोक्ने टिप्परलाई टाईमकार्ड लागु गर्न लागिएको छ। तीब्र गतिमा गुड्ने टिप्परका कारण सडक दुर्घटनाको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले टाईमकार्डको ब्यबस्था गर्न लागेको हो।

    अबदेखि पश्चिम नवलपरासीमा मालबाहक सवारी साधनहरुले यात्रुहरु चढाउन पाउनेछैन्। जिल्लामा सडक दुर्घटना न्यूनिकरण निम्ति कार्ययोजना तयार पार्न कार्यदलनै गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत ज्योतीराज अर्यालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो। कार्यदलको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक, यातायात ब्यबसायीका प्रतिनिधि, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक, र बर्दघाट नगरपालिकाका एक जना प्रतिनिधि रहेका छन्।

    कार्यदलले आगामी बैठकमा सडक दुर्घटना न्यूनिकरण गर्नका लागि तयार पारिएको कार्ययोजना पेश गर्नेछ। जिल्लाका पूर्व पश्चिम राजमार्ग र भित्री सडकखण्डमा गुड्ने सवारीसाधनको चेकजाँचलाई नियमित गर्न जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयले ब्यबस्था मिलाउनेछन्। यात्रुबाहक सवारी साधनहरुले आफ्नो क्षमता भन्दा बढी यात्रु बोक्ने कार्य बढेकोले त्यसमा पनि निगरानी बढाईने र क्षमता भन्दा बढी यात्रु चढाउन रोक लगाउने बताईएको छ। रुट प्रमिट प्राप्त नभएका सडकहरुमा सवारीसाधन नचलाउने र रुट प्रमिटका लागि पहल गर्ने समेत जिल्ला प्रशान कार्यालयमा भएको बैठकले निर्णय गरेको छ। बैठकले सडकमा रहेका खाल्डा खुल्डी पनि दुर्घटनाको कारक बन्ने गरेका कारण त्यस्ता खाल्डा खुल्डी पुर्न डिभिजन सडक कार्यालय बुटवल, बुटवल–नारायणघाट सडक विस्तार आयोजना, स्थानीय तह लगायतका सम्बन्धित निकायहरुलाई अनुरोध गर्ने, जिल्ला भित्र संचालन हुने टिप्परहरुलाई टाइम कार्डको व्यवस्था जिल्ला ट्राफिक प्रहरी कार्यालले मिलाउने, सार्वजनिक यातायात संचालन हुने सडकहरुमा बस बिसौनीको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने र सुनवल क्षेत्रमाबसपार्कको व्यवस्था मिलाउन सुनवल नगरपालिकालाई अनुरोध गर्ने निर्णय गरेको छ।

    दुर्घटना न्यूनिकरण गर्नका लागि सवारी चालक र यात्रुहरुलाई ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम गरी चालकले मादक पदार्थ सेवन गरी सवाची नचलाउन, सवारी चलाएको अबस्थामा मोबाईल फोनको प्रयोग नगर्न सचेत गराईने बताईएको छ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑