भिम भुसाल
मंसिर–२७, नवलपुर ।
नवलपुरको देवचुली १६ रजहरमा रहेको अमर ई. बोर्डिङ् स्कूलले आफ्नो रजत जयन्तिको अवशरमा ५ दिने कार्यक्रम गर्ने भएको छ । विद्यालयले आज शुक्रवार पत्रकार सम्मेलन गर्दै रजत जयन्तिको अवशरमा विविध कार्यक्रम गर्न लागेको जानकारी गराएको हो ।
मंसिर ३० गते देखि पौष ४ गते सम्म विद्यालयले उद्घाटन समारोह, बृहत रक्तदान, अन्तर नृत्य प्रतियोगिता, जेष्ठ नागरीक सम्मान, खुल्ला भजन प्रतियोगिता, पुनर्मिलन कार्यक्रम, गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंङ्गशालालाई सहयोग, सामुदायिक विद्यालयलाई अक्षंयकोष हस्तान्त्रण लगाएतको कार्यक्रम तय गरेको विद्यालयका प्रधानाध्यापक पदम बरालले बताउनुभयो ।
वि.सं. २०५१ पौष ४ गते स्थापना भएको अमरले मंसिर ३० गते शोभा यात्रा तथा उद्घाटन समारोह गर्ने, पौष १ गते बृहत रक्तदान तथा अन्तर विद्यालय नृत्य प्रतियोगिता, पौष २ गते ज्येष्ठ नागरिक सम्मान तथा खुल्ला भजन प्रतियोगिता, पौष ३ गते भु.पू. शिक्षक, विद्यार्थि तथा अभिभावक पुनर्मिलन कार्यक्रम, पौष ४ गते गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंङ्गशालालाई सहयोग हस्तान्त्रण, देवचुली माध्यमिक विद्यालयलाई अक्षंयकोष बापतको १ लाख रुपैया सहयोग हस्तान्त्रण गर्ने तथा समापन समारोह कार्यक्रम रहेको प्रधानाध्यापक बरालले बताउनुभयो ।