मिनाक्षी कंडेल
मंसिर -२७
कृषिलाई आधुनिकरण गर्न अहिलेको मुख्य आवश्यकता रहेको गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले बताएका छन । शुक्रवार हुप्सेकोट १ जुकेपानीमा आयोजना गरिएको कृषक संग कृषि मन्त्री कार्यक्रममा बोल्दै मन्त्री मगरले कृषिलाई थप आधुनिक तथा व्यवशायिक तर्फ लैजान नसकेकोले कृषिमा उल्लेखनिय प्रगति हुन नसकेको बताए ।
अब कृषकले कृषिलाई कसरी व्यवशायिक बनाउन सकिन्छ त्यस तर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा बोल्दै कृषि मन्त्री थापाले उत्पादन भएका वस्तुहरुलाई बजारिकरणका क्रममा हुने विचौलीया कार्यलाई न्युनिकरण गर्न, उत्पादन क्षेत्रमा हाटबजार तथा खुल्ला बजार निर्माण गर्न प्रदेशको तर्फबाट आवस्यक कार्यहरु थालिने बताए । किसानको लागतलाई कम गर्न कृषिलाई आधुनिकरण तर्फ लैजान आवश्यक रहेको बताए ।
यस्तै मन्त्री थापाले प्रदेश सरकार कृषिको थप विकासका लागि र कृषकलाई राहत प्रदान गर्न प्राङगारीक तरकारी उत्पादन कार्यलाई थप प्रोत्साहन दिने गरि काम गर्ने बताए । गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरकै प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रोशन गाहा मगरको समेत विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै सासंद मगरले वास्तविक कृषि पहिचान गरि उक्त कृषिलाई आवश्यक अनुदान सरकारले जुटाइदिनुपर्ने बताए । कुनै पनि कृषकलाई नाताबाद कृपाबाद र विभेद रहित तरिकाले निष्पक्ष रुपमा सरकारले हेर्नुपर्नेमा जोड दिए । कार्यक्रम नव सृजना कृषक समुहका अध्यक्ष टेकबहादुर फाल मगरको अध्यक्षतामा आयोजना गरिएको थियो ।