देवचुलीका १० वर्षिय ब्लड क्यानसर पिडित बालकको उपचारका लागी आर्थिक सहयोग प्राप्त भएको छ । बालकको स्वास्थ्य उपचारका लागी पावर नवलपुर मिडिया प्रा.लि.का अध्यक्ष पवन बुढाथोकिको परिवारले नगर रकम सहयोग गर्नुभएको हो । बुढाथोकिको परिवारले ममतामयी माता शुकुन्तला देबि बुढाथोकीको हातबाट पिडित बालकको बुवा देब बसेललाई नगद १० हजार ५ रुपियाँ सहयोग गर्नुभएको छ ।
क्यानसर पिडित बालकको १८ दिन अगाडिदेखि वी. पी. कोईराला मेमोरीयल क्यानसर अस्पताल भरतपुरमा उपचार भै-रहेको छ । बालकको उपचारका लागी विभिन्न ब्यक्ति, संघसंस्था, विद्यालयहरुले सहयोग रकम संकलन गरीरहेका छन् । अहिले पिडित बालक बसेलको स्वास्थ्य परिक्षण गरी केम्भो चढाउन शुरु भएको र २५ प्रतिशत केम्भो चढाईसकिएको डाक्टर निभा तिवारीले पावर संदेशलाई जानकारी दिनुभएको छ । बालकलाई ए एम एल को एम ३ टाईपको ब्लड क्यानसर भएको डाक्टर तिवारीले जानकारी दिनुभयो । पिडित बालकलाई ३ देखि ६ महिना सम्म अस्पताल राख्नु पर्ने अस्पताल प्रशासन पक्ष बाट जानकारी गराईएको छ ।
आर्थिक रुपमा विपन्न परिवार रहेको बालकको स्वास्थ्य उपचार गर्न समस्या भएको बालकका बुवा देव बहादुर बसेल (नेपाली)ले पावर संदेशलाई बताउनुभयो । ७ परिवार रहेको बसेलको चौधरी उद्योगमा ज्याला मजदुरी गरेर कमाएको रकमले उपचार गर्न नपुग्ने बसेलले बताउनुभयो । देवचुली ४ मा नै रहेकोे श्री शान्ति सिर्जना आधारभुत विधालयमा कक्षा ३ मा अध्यन गरीरहेका बालक बिवसलाई आर्थिक सहयोग गरी बालकको ज्यान बचाईदिन बुवा देव बहादुर बसेलले सबैलाई अनुरोध गर्नुभएको छ । बालकको सहयोगको लागी कृर्षि बिकास बैक र कामना सेवा विकास बैँकको खाता नम्बर उपलब्ध गराईएको छ । बुवा देव बहादुर बसेलको नाममा कृर्षि बिकास बैँकमा रहेको खाता नम्बर ०४१५१०११०१५९८०१९ र कामना सेवा बिकास बैँकको ०२१११४०००६८८५०००००१ नम्बरको खातामा आर्थिक सहयोग उपलब्ध गराईदिन बालकका बुवाले आग्रह गर्नुभएको छ ।