
जनकपुरधाम ।
जनकपुरधाममा पुनः शंकास्पद बस्तु फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ स्थित सरस्वती नमूना माध्यमिक विद्यालय नजिकै सोमबार बिहान फेरि अर्को शंकास्पद वस्तु फेला परेको छ ।

घटनास्थलमा अहिले अहिले सुरक्षा घेरा दिइएको छ । आइतबार राति वडा नम्बर ९ मा पनि संकटमोचन मन्दिर देखि पश्चिम बागवानी जाने बाटोमा शंकास्पद बस्तु फेला परेको थियो ।
त्यहाँ अहिले नेपाली सेना को स्पेसल टोलीले डिफ्युज गर्ने काम गरिरहेका छन् । यो भन्दा पहिला धनुषा जिल्लाकै महेन्द्रनगरमा बम बिस्फोट हुदाँ प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको थियो ।