काठमाडौं ।
मानिसका चाहाना अनौठा र असिमित हुन्छन् । आफ्नो रुची पूरा गर्दै मानिसले जस्तोसुकै दुस्खको हद पार गर्ने गर्छ । यस्तै सूचीमा पर्छन स्वीडेनमा गोरान क्रोप । उनी एक चर्चित पर्वतारोही हुन् । उनको साइकल प्रेम र पर्वतारोहणको रुचीले सबैलाई चकित बनाउँछ । उनका रोमाञ्चक तथा साहसी कामले उनी विश्वमा चर्चित छन् ।
सन् १९९६ मा यिनी १३ हजार किलो मिटर साइकलमा चढेर स्वीडेनबाट नेपाल आएका थिए । त्यसवर्ष उनले विना अक्सिजन सगरमाथाको आरोहण गरे । त्यसपछि उनी साइकलमै स्वदेश स्वीडेन फर्किए । सन् १९७२ मा क्रोप केवल ६ वर्षका हुँदादेखि नै यिनी पर्वतारोहणमा निकै रुची राख्न थाले । यिनका बुवाले त्यसबेला नै यिनलाई नर्वेको गाल्डोपिगन पर्वत लिएर गए, यो समुन्द्री सतहबाट ८१०० मिटर अग्लो छ ।
स्वीडेनको सेनामा पाराशुट रेञ्जर रुपमासमेत कार्य गरेका क्रोप त्यसपछि विश्वका सर्वाधिक चुनौतिपूर्ण हिमालहरु आरोहण गर्न तर्फ लालाहित भए ।
काजाकिस्तान र कीर्गिस्तानबीचको चुनौतिपूर्ण लेनिन चुचुरो सन् १९८८ मा यिनले चढेर भ्याए, त्यसपछि कोटोपाक्सि, इलाम्पू, हुयाना पाटोसी जस्ता चुनौतिपूर्ण र मोफसलका हिमालहरु यिनले चढे । त्यसपछि यिनको सपनाको चुचरो सगरमाथा बाँकी भयो, उनी सगरमाथाको आरोहणलाई विशेष बनाउन चाहन्थे । अक्टोबर १६ सन् १९९५ मा यिनले स्टकहोमबाट आफ्नो साइकलमा सगरमाथा आरोहण गर्ने लक्ष्यका साथ नेपाल तर्फको यात्रा शुरु गरे । यो साइकल विशेष गरि डिजाइन गरिएको क्रिसेन्ट अल्टिमा साइकल थियो ।
२३८ पाउण्डको भारी साइकलमा हालेर यिनले सगरमाथाको यात्रा शुरु गरे, स्क्यान्डेनेभियन सागर तरेर मध्यपूर्व एसिया, म्सोपोटामिया हुँदै एसिया प्यासिफिक अनि नेपाल छिर्न सहज पक्कै थिएन । १३००० किमी साइकल कुदाएर यिनी सन् १९९६ को अप्रिलमा नेपाल आइपुगे, लगभग ६ महिनाको साइकल यात्रा पछि यिनी नेपाल आइपुगेका थिए ।