
भिम भुसाल, देवचुली ।
नवलपुरको देवचुली नगरपालिका ११ धारापानि चोकमा शंकास्पद बस्तु फेला परेको छ । धारापानि चोकमा रहेको पिपल चौतारी रुखमा कपडाको झोला भित्र बावियोको डोरीले बाँधेर झुण्ड्याएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी सहितको टोलिले सो स्थानलाई सुरक्षित पार्ने काम गरीरहेको छ । नेपाली सेनाको बम डिस्पोजल टोलि आउदै रहेको बताईएको छ ।
