
कावासोति ।
कावासोती नगरपालिका वडा न २ स्थित जिल्ला प्रहरी कार्यालय ठिक अगाडि रहेको प्रतिक्ष्यालयमा केहि बेवारिसे नागरिक हरु लामो समयदेखि अस्तब्यस्त अवस्थामा रहेका छ्न।
चिसो बढिरहदा अन्य नागरिकहरु बाक्लो लुगा लगाएर बसिरहदा ,जाडो भएर कतिपय मान्छे बाहिर निस्किन पनि नसक्दा यि परिचय राम्रो सित खुल्न नसकेको नेपाली नागरिकहरु नेपाली बड्दो चिसोमा कावासोती नगरपालिकाको मुटु थानाचोकमा काम्दै बस्न बाध्य छन ।कहिले आफु आफुनै झगडा गरेको देखिन्छ,कहिले सडकमै सुतेर यातायात अवरुद्घ पारिरहेका हुन्छ्न,हुदा हुदा कतिपय अवस्थामा खुल्ला रुपमा यौन कार्यमा सम्लग्न हुने गरेको नजिकै रहेका स्थानीयहरुले बताउछ्न।सरकारले सुखी नेपाली समृद्द नेपालको नारा जोडतोडले घन्काइरहदा यि नागरिक हरु भने न त स्थानीय निकाय हरुको नजरमा पर्न सके न त कुनै संघ सस्था सहयोगका लागी अगि बढे। गास-बासको कुनै ठेगान नभएको यि मान्छेहरु आफ्नो जिवननै हत्केलामा राखेर मृत्यु पर्खिरहेको आभास हुन्छ।
समस्याका बारेमा कावासोती नगरपालिकाका उपप्रमुखलाइ जानकरी गराइयो ,समाधानको लागी पहल गर्ने आश्वासन आयो सुनुवाइ भएन।ठिक अगाडि रहेको जिल्ला प्रहरी कार्यालयको प्रमुखलाइ जानकारी गराइयो कुनै ठोस कदम प्रहरीले चाल्ने छाटकाट देखिएन।देशैभरि विभिन्न स्थानीय तहहरुले प्रहरी समुदाय साझेदारी कार्यक्रम अन्तर्गत सहयोगी संघ सस्था हरुको सहकार्यमा सहयोगापेक्षी सडक मानव रहित क्षेत्र बनाउने अभियान चलिरेको बेलामा कावासोती नगरपालिका र जिल्ला प्रहरी कार्यालयको यो रबैया कति मानवीय होलारु
चुनावको बेलामा जनताको हरेक समस्या हरु समाधान गर्ने ,नमुना नगर, नमुना देश बनाउने लगाएतका अनगिन्ती सपनाहरू बाड्ने जनप्रतिनिधि हरु यस्ता संबेदनसिल बिषयहरुमा मौन बस्नु कति जायज हुनसक्छरुयस्ता प्रश्नहरुले हामी र हामिले बनाउन खोजेको समाज कुन दिशा तिर जादैछ एउटा गम्भीर प्रश्न मनमा उठिरहेको छ।आशा गरौ नगरपालिकाले आफ्नो दायित्व बोध गर्ला,प्रहरीले पनि आफ्नो गेट अगाडी दिनहु भैरहेको यो मानविय चेतहत्याको घटनामा मौन नबस्ला र कुनै पनि मान्छे बेबारिसे अबस्थामा रहेर ज्याननै गुमाउनु पर्ने अबस्था सिर्जना नहोला।
