
पुस ७, काठमाडौं
प्रहरीले शंकास्पद गतिविधिमा संलग्न ८६ जना चिनियाँ नागरिकलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । पर्यटक भिसामा आएर शंकास्पद गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले शंकास्पद गतिविधिमा संलग्न ८६ जनालाई पक्राउ गरिएको लोकान्तरलाई जानकारी दिए । सबैलाई काठमाडौंको महाराजगञ्ज क्षेत्रबाट पक्राउ गरिएको हो । ‘८६ जनालाई नियन्त्रणमा लिएर अनसन्धान गरिरहेका छौं, पक्राउ पर्नेको संख्या बढ्न सक्छ,’ सुवेदीले भने ।