१० -पुस, नवलपुर ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीले कानुनी दायरामा आउन नसकेका मानवअधिकार उल्लघंनका घटनाहरुलाई मुलप्रवाहीकरणमा ल्याउन मानवअधिकारकर्मीहरु क्रियाशिल हुनुपर्ने सुझाव दिनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समिक्षा कार्यक्रममा बोल्दै उहाँले जिल्ला प्रशासन, प्रहरी, अदालत र स्थानीय निकाय सम्म पुग्न नसकेका मानवअधिकार उल्लघंनका घटनाहरुको तथ्यांक, त्यसको कारण र उनिहरुलाई कसरी मुलप्रवाहिकरणमा ल्याउन सकिन्छ भन्ने बारे सबै सरोकारवाला गम्भीर बन्न आवश्यक रहेको बताउनु भयो ।
मानवअधिकारको विषय बिस्तृत र धेरै फराकिलो रहेको भन्दै उहाँले न्यायीक निकायमा पुगेका घटना मात्रै भन्दापनि ग्रामिण स्तरमा मिलापत्र गरिएका मानवअधिकारका उल्लघंनका घटना, उपभोक्ता अधिकारका सवाल, शिक्षाको अधिकार, स्वास्थ्यको अधिकार, खाद्य अधिकारको बारेमा मानवअधिकारकर्मीहरुको ध्यान पुग्न आवश्यक रहेको बताउनु भयो । उहाँले व्यक्तिले आप्mनो अधिकार उपभोग गर्ने क्रममा देखिने बाधाहरु धेरै भएको भन्दै यसबारे गम्भीर बन्न आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एसपी मोहन प्रसाद पोखरेलले मानवअधिकार रक्षाको लागि नेपाल प्रहरी सदैव गम्भीर रहेको भन्दै अधिकार उपभोगसंगै कर्तव्यको पाटोमा सबै सजक हुन आवश्यक रहेको बताउनु भयो । उहाँले केही घटनामा पीडित पक्षको उजुरी लिन प्रहरीले आनकानी वा ढिलाई गरेको भन्ने विषय उठेको भन्दै प्रहरीले नियतबस आउने उजुरीहरुको हकमा केही अनुसन्धान भएको हुदाँ त्यस्तो लागेको हुन सक्ने बताउनु भयो ।
उपभोक्ता अधिकार मञ्च कावासोती नगरपालिकाका अध्यक्ष डोरमान गिरीले उपभोक्ताको अधिकार सुनश्चित गर्न तर्फ सबै गम्भीर बन्न आग्रह गर्नु भयो । उहाँले बजारमा उपभोक्ताहरुको अधिकार बिरुद्ध हुन सक्ने उल्लघंन रोक्न नियमित बजार अनुगमन गर्न आवश्यक रहेकोमा जोड दिनु भयो ।
कार्यक्रममा इन्सेक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले नेपाल मानवअधिकार वर्षपुस्तक २०२० को लागि जिल्लामा सन २०१९ मा संकलन गरिएका घटनाहरुको विवरण प्रस्तुत गर्नु भएको थियो । सो क्रममा उहाँले सन २०१९ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा ५० वटा घटनाहरुको अभिलेखिकरण गरिएको जानकारी दिनु भयो । जसमा सबै भन्दै बढी बलात्कार तथा यौन दुव्र्यवहारका २० वटा घटनाको अभिलेखिकरण गरिएको उहाँले जानकारी दिनु भयो । जसमध्ये १२ जना बालिका र ८ जना महिला पीडित भएको विवरण उहाँले प्रस्तुत गर्नु भयो ।
यो वर्ष नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका १४ जनालाई गिरप्mतार गरिएका १३ वटा घटना फारम संकलन गरिएको जानकारी दिनु भयो । त्यस्तै सम्पतीमा क्षतीका ७ वटा, महिला हिंसा ५ वटा, गैरराज्य पक्षबाट हत्या १, प्रहरीलाई धम्की १, बिद्यार्थीमाथि कुटपिटको १, महिला बेचबिखन तथा शारिरीक बन्धक बनाएको १ र बोक्सीको आरोप लगाएको सम्बन्धी १ घटनाको अभिलेखिकरण गरिएको उहाँले जानकारी दिनु भयो ।