• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Mon, 25, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

इन्टरनेटमा फस्दै बालबालिका

पावर संदेश
   १३ पुष २०७६, आईतवार १२:२२  मा प्रकाशित
  • 446 पटक पढिएको







  • पुस १३, काठमाडौँ

    बालबालिका इन्टरनेटको असुरक्षित प्रयोगमा फस्दै गएको एक अध्ययनले देखाएको छ । बालबालिकाको अधिकार र बाल यौनहिंसाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था इक्याप्ट लक्जेम्बर्गले ‘इन्टरनेट सेफ्टी एन्ड रिस्क अफ न्यु टेक्नोलोजिज टु चिल्ड्रेन इन नेपाल’ शीर्षकमा गरेको अध्ययनले यस्तो देखाएको हो ।

    हिमालका चार, पहाडका छ र तराईका पाँच जिल्लाका बालबालिका, विद्यालयका शिक्षक र अभिभावक गरी १२ हजार ९ सय ४४ जनामाझ गरिएको सर्वेक्षणको निष्कर्षले बालबालिका इन्टरनेट सुरक्षा र सामाजिक सञ्जालको सचेत प्रयोगबारे जानकार नरहेको देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको सर्वेक्षणमा सरकारी र निजी स्कुलमा अध्ययनरत १८ वर्षमुनिका ५ हजार ११ बालबालिका र ३ हजार १ सय ५५ शिक्षक, ४ हजार ७ सय ७८ अभिभावक समेटिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको ०७३ को तथ्यांकमा नेपालको जनसंख्याको ५२.७ प्रतिशतमा इन्टरनेटको पहुँच रहेको उल्लेख छ ।
    इक्याप्टको सर्वेक्षणले ७१.८० प्रतिशत बालबालिकासँग मोबाइल फोन र इन्टरनेटको पहुँच रहेको देखाएको छ । इन्टरनेटको प्रयोग छात्राभन्दा छात्रले बढी गर्ने गरेका छन् । ७१.८ प्रतिशत छात्र र २८.२ प्रतिशत छात्राहरूले औसतमा दैनिक ६ घण्टा इन्टनरेट प्रयोग गर्ने गरेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणले २१.५० प्रतिशत बालबालिकाले दैनिक एक घण्टाभन्दा कम, २१ प्रतिशतले दैनिक एक घण्टाभन्दा धेरै र १५ प्रतिशतले दैनिक एकदेखि तीन घण्टासम्म मोबाइलमार्फत इन्टरनेट चलाउने गरेको भेटियो । सर्वेक्षणमा ५४.५ प्रतिशत बालिका र ४५.५ प्रतिशत बालकले विद्यालयमा इन्टरनेट चलाउने गरेको बताएका छन् । त्यस्तै राति १० बजेपछि इन्टरनेट चलाउनेमा भने छात्राभन्दा छात्र अगाडि देखिन्छन् । सर्वेक्षणमा संलग्नमध्ये ४९.८ प्रतिशत छात्रा र ५०.२ प्रतिशत छात्रले राति १० बजेपछि पनि इन्टरनेट चलाउने गरेको बताएका छन् ।
    समाचार कान्तिपुरबाट



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑