१३-पुष,काठमाडौँ ।
भ्रमण वर्ष २०२० सुरु हुन दुई दिन बाँकी रहँदा सरकारले विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्षको लोगो फहराउने भएको छ ।
भ्रमण वर्षको प्रचारका लागि भन्दै सरकारले ३१ तारिखमा विश्वका चर्चित १४ शहरका अग्ला भवनमा झण्डा फहराउने जनाएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन नेपालको झण्डा फहरिने पक्का भएको जानकारी दिनुभयो ।
अष्ट्रेलियाको सिड्नी, न्यूजिल्याण्डको वेलिङटन, जापानको टोक्यो, दक्षिण कोरियाको सियोलमा झण्डा र भ्रमण वर्षको लोगो फहराइने छ ।
यस्तै, कतारको दोहा, दुबई, हङकङ, जर्मनीको म्युनिख बेल्जियमको ब्रसेल्स, बेलायतको लण्डन, अमेरिकाको न्यूयोक, क्यानडाको टोरोन्टो र अमेरिकाको शिकागोमा झण्डा फहराइनेछ ।