पुस -१६,बर्दिया ।
बर्दिया, ठाकुरबाबा नगरपालिका-२ स्थित सडकमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
लु २ ख १०६८ नम्बरको ट्रक अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका ट्रक चालक दाङ घोराही उपमहानगरपालिका-११ बस्ने २८ वर्षीय कर्णबहादुर चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ।