१६ -पुष,कावासोती ।
सरकारले नेपाल भ्रमण बर्ष २०२० को आज देखि शुभारम्भ भएको घोषणा गरेको छ । नेपाल भ्रमण बर्ष सफल बनाउन सरकार र नीजि क्षेत्र सबै कम्मर कसेर लागिरहका छन् ।
पुर्बी नवलपरासी गण्डकी प्रदेशकै पर्यटकीय दृष्टिकोणले मह्त्व राखेको जिल्लाका रुपमा रहेको छ । गण्डकी प्रदेश सरकारले पुर्बी नवलपरासीमा ११ वटा पर्यटकीय गन्तब्यका क्षेत्र घोषणा गरेको र त्यसको प्रचारप्रसार मा अहिले नीजि क्षेत्रले बढि चासो देखाउन थालेका नवलपरासी उद्योग बाणिज्य संघ गैंडाकोटका अध्यक्ष अमृत भट्टचनले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले पुर्बी नवलपरासीको मौलाकालिका,कैलाश आश्रम,देबचुली,बरचुली,त्रिबेणी गजेन्द्रमोक्ष धाम, मध्यबिन्दु, घु्मारीघाट, कामुधेनु क्षेत्र,अकलादेबी,दाउन्नेदेबी र शाश्वतधामलाई पर्यटकीय गन्तब्यका रुपमा घोषण गरेको र पर्यटकीय दृष्टिकोणले यी ठाउँ अत्यन्तै महत्व पुर्ण रहेकाले पनि नेपाल भ्रमण बर्षमा यो जिल्लामा मात्रै एक लाख बाह्य पर्यटक र नौ लाख आन्तरिक पर्यटक भित्रयाउने लक्ष्यका साथ नेपाल भ्रमण बर्ष शुरु भएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डाँसुराज पोखरेलले बताउनुभयो ।
आज नवलपुरको कावासोतीमा नवलपुर एफ।एमले आयोजना गरेको नेपाल भ्रमण बर्ष २०२० को श्ुभारम्भ तथा सातौं राष्टिय टोपी दिबसको अबसरमा गण्डकी प्रदेशका सांसद बिष्णु लामिछानेले गण्डकी प्रदेशको महत्वपुर्ण जिल्लाका रुपमा रहेको नवलपुरलाई नेपाल भ्रमण बर्ष २०२० मा सफल पार्न कुनै कसर बाँकी नराखिने बताउनुभयो । नेपाल भ्रमण बर्ष सफल पार्न गण्डकी प्रदेशको भुमिकालाई नवलपुरले ठुलो सहयोग पुग्ने सांसद लामिछानेले बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं ३ का सासंद मिलनबाबु श्रेष्ठ,नेपाल पत्रकार महासंघ पुर्बी नवलपरासी का अध्यक्ष होमराज रानाभाट,कावासोती खानेपानीका अध्यक्ष भीमलाल कडेंल,जेसिसका राधा उपाध्याय ,उद्योग बाणिज्य संघ नवलपुरका अध्यक्ष डाँसुराज पोखरेल ,भुपेन्द्र शर्मा भट्टराई,झपेन्द्रश्वर भुषाल,सरस्वती तिमिल्सिना,नारायण शर्मा लगायतका बक्ताले नेपाल भ्रमण बर्ष २०२० सफल पार्न सबैले आआफनो ठाउँ बाट सक्दो सहयोग पुरयाउनु पर्ने बताउँदै भ्रमण बर्ष सार्थक रुपमा अघि बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।