१६- पौष, नवलपुर ।
नबलपुरको मध्यबिन्दु नगरपालीकामा आज (बुधबार) दिउसो साढे १२ बजेको समयमा एक पुरुषको शब फेला परेको छ ।
पुर्ब पश्चिम राजर्माग अन्र्तगत मध्यबिन्दु नगरपालीका ७ चोरमाराको कल्र्भट मुनि शब फेला परेको हो । इलाका प्रहरी कार्यालय चोरमाराका प्रहरी नायब निरिक्षक प्रेम बाहादुर बिष्टले दिएको जानकारी अनुसार मृत्यु हुनेमा चोरमारा निवासी ७५ बर्षीय तिलक राम महत्तो रहेका छन ।
सार्बजनिक शौचालयमा सरसफाईको कार्य गर्दै आएका महत्तोको कल्र्भटबाट खसेर राती नै मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरिएको छ । पोष्टर्माटमका लागि अस्पताल लैजाने तयारीमा रहेको समेत बिष्टले बताउनुभयो ।