
जनकपुरधाम,पुस १७ गते ।
कुनै स्थानीय तहको मातहतमा रहेको सरकारी कार्यालयमा मदिरा–भोज भएको सुन्दा पत्यार नलाग्न सक्छ होला । तर धनुषाको एक स्थानीय तहको मातहतमा रहेको सरकारी कार्यालयको प्रांगनमा कर्मचारीले मदिरासहितको भव्य भोज गरेका छन् ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर–७ स्थित तारापट्टी स्वास्थ्य चौकीमा दिउँसै मदिरा–भोज भएको हो । भोज गर्नुको कारण थियो अंग्रेजी नयाँ बर्षको अवसर । मदिरा पार्टी भएको तस्बिर सहितको विवरण टुडेपाटीलाई प्राप्त भएको छ, त्यो दिन थियो–पुस १६ गते बुधबार । अर्थात अंग्रेजी नयाँ बर्षको जनवरी १ तारिख २०२० ।

हेल्थ असिस्टेन्ट प्रमोद साहले सामाजिक सञ्जालमा कार्यालयको प्रांगनमा आयोजित सो भोजको सम्बन्धमा सामूहिक तस्बिर राखेर लेखेका छन्,‘इन्ज्वाय न्यू इयर २०२० एट एच।पि। तारापट्टी’ ।