
विवेक भण्डारी
१८-पुष ।
देवचुली नगरपालिका वडा नम्बर २ मा गत मंसिर ७ गते व्यवशायीक टहरामा भएको आगलागि पिडितलाई शुक्रवार देवचुली नगरपालिका वडा नम्बर २ र देवचुली नगरपालिकाकाको कार्यलयबाट आर्थक सहयोग प्रदान गरिएको छ । नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा एक कार्यक्रम नै आयोजना गरि आगलागि पिडित तुलसि प्रसाद चौधरी र तुलसी जैसिलाई वडाको तर्फबाट २५÷२५ हजार गरि ५० हजार र नगरपालिकाको कार्यलयबाट ५०÷५० हजार गरि कुल १ लाख ५० हजार रकमको चेक पिडितलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाको मेयर राहत कोषमा रहेको रकम आगलागि पिडितलाई प्रदान गरेको जानकारी गराए । आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा नगरपालिकका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुषालको समेत विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीको अध्यक्षतामा आयोजना गरिएको थियो ।
यस्तै आगलागि पिडितलाई उक्त क्षेत्रको टोल सुधार समितिले पनि नगद ६ हजार रुपैया प्रदान गरिएको टोल विकास समितिका अध्यक्ष गंगाधर सुवेदीले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रमको सहजिकरण दिव्य युवा समाज दुम्कौलीका सहसचिव विवेक भण्डारीले गरेका थिए ।