पौष -२१
भक्तपुर ।
भक्तपुरमा प्रहरीले १४ जुवाडेलाई पक्राउ गरेको छ । मध्यपुर ठिमी नगरपालिका ९, नीलबाराही रिसोर्टमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट ६ लाख ८४ हजार १ सय २० रुपैयाँ, ७ हजार ६ सय ६० भारतीय रुपैयाँ र तास बरामद भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।