भिम भुसाल
पौष–२१, देवचुली ।
नागरिक शिक्षा, घर, परिवार, समुदाय, विद्यालय, शैक्षिक संस्था, राज्यका संघ संस्थाहरु लगायत सामाजिक जीवनमा आवश्यक शील स्वभाव, आचरण, व्यबहार एवं लोकतान्त्रिक चिन्तनको विकास गर्ने अध्ययनको क्षेत्र हो । यसले समाजलाई नियम, कानुन र मर्यदामा बाँधेर अनुशासनमा राखी परोपकारी कर्ममा चित्त शुद्घिकरण गराउन मद्दत गर्दछ । तर पछिल्लो समय समाजमा विकृति, भेदभाव, अनुशासनहिन, अपराध लगाएतका घटना बढ्दै जानुमा नागरिक शिक्षाको अभाव महसुस गर्दै देवचुली नगरपालिकाले स्थानिय स्तरमा नागरिक शिक्षा पाठ्यक्रम निमार्ण गर्ने भएको छ । नागरिकको कर्तब्य र अधिकारबारे आम जनसमुदायलाई जानकारी दिने उदेश्य सहित अनौपचारीक तर महत्वपूर्ण शिक्षाको रुपमा नागरिक शिक्षालाई नगरपालिकाले अधि सारेको हो ।
नगरपालिकाले नागरिक शिक्षाको पाठ्यक्रम अन्र्तगत नागरिक, नैतिक, स्वास्थ्य, सामाजिक लगाएतका शिर्षक राखेर अभिभावक तथा विद्यार्थिहरुमा ब्यवहारिक बन्न र चेतना पुर्याउन आवश्यक पर्ने सम्पूर्ण विषय बस्तु सहित पुस्तक प्रकाशनमा ल्याउन लागेको देवचुली नगरपालिकाले जानकारी दिएको छ ।
सोमबार नगरपालिकाको सभाहलमा नागरिक शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्य सामाग्री तयारीका लागि सुझाव संकलन कार्यक्रमको आयोजना गर्दै देवचुली नगरपालिकाले नयाँ र चुनौतिपूर्ण कार्यको शुरुवात गर्न लागेको जनाएको हो ।
जसरी रामायण पुस्तकले हरेकको मन जित्न सफल भएर घर–घरमा बास पाएको छ, त्यसरी नै देवचुली नगरपालिकाले हरेक स्थानियको घरमा नागरिक शिक्षा चेतनाको रुपमा पुर्याउने लक्ष्य लिगेको देवचुली नगरपालिका प्रमुख प्रसासकिय अधिकृत विष्णुप्रसाद भुसालले बताउनुभयो ।
विद्यार्थिहरुमा नैतिक शिक्षाको रुपमा विद्यालयमा पठनपाठन भ–ैरहेको जनाउदै अभिभावकहरुमा नागरिक शिक्षा पुर्याउन सके नगरको बिकास र चेतना बढ्ने बिश्वास लिएको भुसालले बताउनुभयो ।
सुझाव संकलन कार्यक्रममा उपस्थित नगरभित्रका सामुदायिक विद्यालयका प्र.अ. एंव ब्यवस्थापन समिति अध्यक्षहरुले नागरिक शिक्षामा शान्ति, सुसाशन, लागुपदार्थ आयुर्वेद्ध, धर्म, संस्कार, देवचुली नगरभित्रको सम्पदा, प्रतिष्ठा लगाएतका विषयलाई नागरिक शिक्षाले समेट्नुपर्ने सुझाव दिएका थिए ।
देवचुली नगरपालिका प्रमुख प्रसासकिय अधिकृत एंव समिति संयोजक विष्णुप्रसाद भुसालको अध्यक्षतामा रहेको कार्यक्रममा देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।