• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 26, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

प्रदेश ३ को राजधानी विवाद : फ्लोर क्रस गर्ने नेकपा सांसदको तयारी, संकटमा सरकार

पावर संदेश
   २२ पुष २०७६, मंगलवार १३:०२  मा प्रकाशित
  • 485 पटक पढिएको







  • काठमाडौँ ।

    प्रदेश ३ को राजधानीसम्बन्धी विवादमा सत्तारुढ नेकपाका केही प्रदेश सभा सदस्यले ‘फ्लोर क्रस’ गर्ने तयारी गरेका छन् । प्रदेश नम्बर ३ को राजधानी हेटौँडा राख्ने पार्टी केन्द्रको निर्णयमा केही सांसद असन्तुष्ट देखिएका छन् । सहमति जुटाउन भएका प्रयास असफल बन्दा नेकपाले आफ्ना सांसदहरुलाई ह्वीप नै लगाएर हेटौँडा राजधानी कायम गर्ने कसरत गरेपछि असन्तुष्ट सांसदहरु ‘फ्लोर क्रस’को तयारीमा लागेका हुन् ।

    ‘यदि राजधानी तोक्ने विषयमा पार्टीले ह्वीप लगायो भने संघीय प्रणालीलाई नै चुनौती दिएको ठहर्छ । यसले पार्टीभित्र संघीयतामाथि नै ठुलो प्रश्न उठ्न सक्छ । त्यसकारण पार्टीले यस विषयमा ह्वीप लगाउनु हुँदैन,’ दोलखाका प्रदेश सांसद विशाल खड्काले भने, ‘सकभर सहमतिमै यो विषय टुङ्ग्याउनुपर्छ, यदि त्यसरी टुङ्गिएन भने स्वतन्त्र ढङ्गले मतदान गर्नुपर्छ ।’

    ह्वीप लगाए आफुहरुले नमान्ने खड्काको भनाइ छ । उनले प्रस्ट भने, ‘राजधानीका विषयमा हामी ह्वीप मान्दैनौँ ।’ हेटौँडा राजधानीको विपक्षमा धेरै सांसद देखिएपछि पुस २२ गते मङ्गलबारका लागि बोलाइएको प्रदेशसभा बैठक नै स्थगित गरेर २३ गतेका लागि सारिएको छ ।

    अर्का सांसद कुसुमकुमार कार्कीले पनि हेटौँडा राजधानीको विपक्षमा मतदान गर्ने बताए । उनले भने, ‘हामी ३० भन्दा बढी सांसदले प्रस्तावको पक्षमा मतदान गर्दैनौँ, फ्लोरक्रस गरेर विपक्षमा मतदान गर्छौँ ।’

    कार्कीले प्रदेशको नामको विषयमा खासै विमति नभए पनि हेटौँडालाई राजधानी तोक्ने प्रस्ताव कुनै हालतमा मान्य नहुने बताए । उनले यो प्रस्ताव संघीयता, संविधान र जनभावना विपरित रहेकोले विपक्षमा मतदान गर्न आफुहरु बाध्य हुने भन्दै संविधानतः यसरी ह्वीप लगाउन नमिल्ने दावी पनि गरे । ‘हामीलाई पार्टीले सांसद बनाएको सत्य हो । तर राजधानी तोक्ने विषयमा ह्वीप लगाउन मिल्दैन । यो हाम्रो संवैधानिक अधिकार पनि हो । संघीयताको मर्म विपरित ११ जिल्लालाई अपायक पर्नेगरी राजधानी तोक्नु कुनै हिसावले राम्रो मानिँदैन,’ कार्कीको भनाइ छ ।

    सिन्धुपाल्चोकका अर्का सांसद अरुणकुमार नेपालले बीचको बाटो खोजेर समस्या समाधान गर्नुपर्ने बताए । ‘मतदान गर्दा र विभाजित हुँदा समग्र नेकपालाई नै असर गर्छ । त्यसकारण काभ्रे र हेटौंडाको बिचबाट समाधान निकाल्नुपर्छ,’ सांसद नेपालले  भने, ‘यदि मतदान गर्दा नेकपाको संसदीय दल विभाजित भयो भने अरु प्रदेशमा पनि यो रोग सर्ने खतरा छ । त्यसैले यसमा बुद्धि पुर्याउनुपर्छ ।’

    काभ्रेका अर्का सांसद लक्ष्मण लम्साल पनि मतदान गर्ने अवस्थामा पुग्न नहुने बताउँछन् । ‘हेटौँडा राजधानीका बारेमा समीक्षा गर्नुपर्ने अवस्थामा संसदीय दल पुगेको छ । सकभर मतदान गरेर नेकपा विभाजित हुने अवस्था नआओस् भन्ने मेरो भनाइ हो,’ लम्सालले भने, ‘हामी ह्वीप लाग्ने अवस्थासम्म पुग्न दिदैँनौ ।’

    यो पनि
    प्रदेश ३ को राजधानी विवाद जटिल मोडमा स् सहमति जुटाउने प्रयास असफल
    प्रदेश ३ को राजधानीस् प्रदेशसभा सदस्यलाई गलपासो
    प्रदेश ३ राजधानी विवाद स् केन्द्रको ‘रबर स्ट्याम्प’ नबन्ने उद्घोष

    बैठक सारेर नेताहरु काठमाडौँमा

    हेटौँडा राजधानी तोक्ने विषय थप जटिल बनेपछि नेकपाका सांसदहरुको तीन समूह सोमबारै काठमाडौँ आएको छ । हेटौँडा राजधानी राख्नुपर्छ भन्ने पक्ष र विपक्षका सांसदहरु नेकपाका शीर्ष नेताहरुसँग छलफल गर्न काठमाडौँ आएका हुन् । प्रदेश नम्बर ३ का नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, नेकपा प्रदेश ३ की इन्चार्ज तथा प्रदेश सांसद अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, पशुपति चौलागाई र नेकपा प्रदेश ३ का सचिव नारायण दाहालको टोली काठमाडौँ आएको हो । उनीहरुले मंगलबार केपी ओली, माधवकुमार नेपाल र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गरेका छन् ।

    फ्लोर क्रसको तेस्रो घटना

    यदि २३ गते बस्ने प्रदेश संसद बैठकमा राजधानीका लागि मतदान गर्दा फ्लोर क्रस भएमा फ्लोर क्रसको घटना नेपालको संसदीय इतिहासमा तेस्रो हुनेछ । यसअघि ०५३ सालमा तत्कालीन एमालेका संसादहरुले महाकाली सन्धी अनुमोदनको बेला फ्लोर क्रस गरेर पार्टी ह्वीपविरुद्ध मतदान गरेका थिए ।

    त्यसैगरी ०५५ सालमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द विरुद्धको अविश्वासको प्रस्ताव उपर मतदान हुँदा राप्रपाका सांसदहरुले पार्टी ह्वीपविरुद्ध प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

    लामो समयसम्म प्रदेशको नामाकरण हुन नसकेपछि पुस १३ गते बसेको नेकपा केन्द्रीय सचिवालय बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा तोक्न प्रदेश संंसदीय दललाई निर्देशन दिएको थियो । तर सचिवालयले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै ३ नं प्रदेश संसदीय दलमा विवाद भएको थियो । प्रदेशको नाम र राजधानी तोक्नका लागि सोमबारको प्रदेश सांसद बैठकमा कार्यविधि पारित भैसकेको थियो ।

    सो अनुसार बुधबार(भोलि) यसमा मतदान हुँदैछ । ११० सांसद रहेको यो प्रदेशमा ८० सांसद नेकपाका छन् । प्रस्ताव पारित हुन ७४ सांसदको समर्थन आवश्यक पर्छ । मतदान गर्ने समयमा नेकपाका सांसद विभाजित वा अनुपस्थित भए प्रस्ताव पारित हुने छैन । तर नेकपा केही सांसदले प्रस्तावको विपक्षमा गएर मतदान गर्ने चेतावनी दिएपछि राजधानी तोक्ने विषय नेकपाका लागि फलामका च्युरा सरह हुने देखिएको छ ।

    डोरमणिको सरकार धरापमा 

    राजधानीका विषयमा सहमति नजुटेमा प्रकृया अनुसार प्रदेश सभाका सांसदहरुले मतदानमार्फत टुङ्ग्याउनुपर्छ । त्यसरी मतदानमा जाँदा प्रस्तावको पक्षमा बहुमत नपुगेको खण्डमा संसदीय दलका नेतामाथि संकट आइपर्छ । नेकपा प्रदेश ३ संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री डोरमणि पौडेलले दलको नेताबाट नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हुन्छ । यदि त्यस्तो अवस्था आए प्रदेश ३ को सरकारसमेत धरापमा पर्ने देखिएको छ ।रातोपाटी



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑