काठमाण्डौ
पाकिस्तानमा छापिने उर्दु भाषाका अखबारहरुले यो हप्ता ईरानी सैन्य कमाण्डरको अमेरिकी आक्रमणमा मृत्यु भएको खबरलाई प्राथमिकतामा राखेका छन् । साथै पाकिस्तानी सेना प्रमुखकको कार्यकाल विस्तार र भारतमा नागरिकता संशोधन कानुन र राष्ट्रिय नागरिकता रजिस्टर ९सीएए–एनआरसी० विरुद्ध भइरहेको विरोध प्रदर्शनसँग जोडिएका खबरलाई निकै महत्वका साथ छापेका छन् ।
सबैभन्दा पहिला कुरा गरौँ, ईरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बारेमा । ईरानको कुद्स फोर्सका प्रमुख कासिम सुलेमानीको बगदाद अन्तर्राष्ट्रिय एअरपोर्टनजिक एक अमेरिकी हवाई आक्रमणमा ज्यान गएको थियो । यस विषयमा अमेरिकी रक्षा विभागले एक बयान जारी गर्दै भन्यो, ‘अमेरिकी राष्ट्रपतिको निर्देशनमा विदेशमा रहेका अमेरिकी सैन्यकर्मीहरुको रक्षको लागि कासिम सुलेमानीलाई मार्ने कदम उठाइएको हो । अमेरिकाले उनलाई आतङ्कवादी घोषित गरिसकेको थियो ।’
कुद्स फोर्स ईरानको इस्लामिक रिभोल्युशनरी गार्ड्स कर्प्सको एक शाखा हो, जसले देशबाहिरको अभियानमा सहयोग गर्छ र यसका प्रमुख सुलेमानी सिधारुपमा देशका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईप्रति जवाफदेही थिए । सुलेमानीलाई आमेनेईको निकै घनिष्ट मानिन्थ्यो र भविष्यको नेताका रुपमा हेरिएको थियो ।
यो पनि पढ्नुस्
हवाई आक्रमणमा ईरानको कुद्स फोर्सका प्रमुख सोलेमानीको ज्यान गयो
ईरानको ५२ ठाउँलाई निसाना बनाइएको छ, जुनसुकै बेला आक्रमण गर्न सक्छौँ स् डोनाल्ड ट्रम्प
सैन्य कमाण्डर हत्या गर्ने अमेरिकासँग बदला लिने इरानको चेतावनी
पाकिस्तानका सबै अखबारको पहिलो पानामा यो खबर छापिएको छ । अखबार ‘जंग’ ले पनि ठूलो अक्षरमा लेखेको छ, ‘मध्य–पूर्वमा युद्धको खतरा’ ।
ईरानका सर्वोच्च नेता आयोतोल्लाह खामेनेईले सैनिक कमाण्डर सुलेमानीको हत्याको अमेरिकासँग बदला लिने बताएका छन् । उता अमेरिकी राष्ट्रपटि ट्रम्पले सुलेमानीलाई निकै पहिला नै मार्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
इजरायलले पनि अमेरिकी कदमको स्वागत गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिका आफ्नो आत्मरक्षाको लागि दत्तचित्त भएको बताउँदा अमेरिकी सभामुक नेन्सी पेलोसीले भने यो आक्रमणले झन् हिंसा बढ्ने बताइन् । अखबार ‘जंग’ का अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी आक्रमणपछि त्यस क्षेत्रमा अवस्था अझ नाजुक हुने बताएका छन् ।
अमेरिका–ईरान तनावले भने पाकिस्तानलाई आफ्नो अर्थव्यवस्थाको चिन्ता थपिएको छ । पाकिस्तानी विदेश मन्त्री शाह मुहम्मद कुरैशीले पनि यी दुई देशबीचको तनावले पाकिस्तानको विदेश नीति र आर्थिक अवस्थामा पर्ने असरबारे संसदमा नै बोलेका थिए ।
त्यस्तै अखबार ‘दुनिया’ ले लेखेको छ, ‘तेस्रो विश्वयुद्धको कालो बादल मडारिन लागेको छ ।’ अखबारका अनुसार सुलेमानीको मृत्युपछि त्यस क्षेत्रमा तनाव बढेको छ र सबैको ध्यान रुसतर्फ तानिएको छ । वर्तमान समयमा मध्य–पूर्वमा रुसको हस्तक्षेप बढेको छ र आउँदा दिनमा रुसको भूमिका प्रमुख हुने बताइएको छ ।