भिम भुसाल
पौष–२२,देवचुली ।
परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले देवचुली–७ को अति–दुर्घटनाग्रस्त क्षेत्र गोरे घुम्तिमा ट्राफिक सचेतना गरेको छ । मंगलवार संस्थाको १३ औँ स्थापना दिवसको अवशरमा संस्थाको देवचुली सेवा केन्द्र अगाडी अति–दुर्घटनाग्रस्त क्षेत्रमा ट्राफिक सचेतना गरेको हो ।
मुख्य राजमार्गमा भन्दा पनि पहाडि क्षेत्रमा चल्ने सवारीमा चालकले लापरबाही गर्दा सवारी दुर्घटना हुने गरेको भन्दै यसलाई न्युनिकरण गर्न हरेक ब्यक्ति सकृय हुन कार्यक्रमका प्रमुख अतिथि एंव जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरिक्षक तारापति अर्यालले आग्रह गर्नुभएको छ । जिल्लामा मापसे गरि सवारी चलाउने प्रवृद्धिमा कमि आएको बताउदै सबै ब्यक्तिले ट्राफिक नियमको पालना गरिदिए सवारी दुर्घटनामा कमि आउने अर्यालले बताउनुभयो ।
सचेतना कार्यक्रममा उपस्थित संस्थाका संचालक समिति पदाधिकारी, कर्मचारी, ट्राफिक तथा स्थानिय ब्यक्तिहरुले ट्राफिक नियमको पालना गरौँ, सवारी दुर्घटना हुनबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्दै पर्चा, पम्प्लेट तथा स्टिकर सवारी साधनमा बितरण गरेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको प्राविधिक सहयोग रहेको कार्यक्रममा संस्थाका अध्यक्ष रेशमलाल चापागाईको अध्यक्षता रहेको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरिक्षक तारापति अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।