• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Tue, 03, Oct, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

भारतबाट आउन थाल्यो प्याज, घट्यो मूल्य

पावर संदेश
   २४ पुष २०७६, बिहीबार १३:२९  मा प्रकाशित
  • 323 पटक पढिएको







  • काठमाडौं ।

    केही समयअघि २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरु भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो।

    बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतिय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ प्रतिकेजी प्याजको मूल्य रहेको छ। भारतीय भन्दा चिनियाँ प्याज झनै सस्तो छ। आजको मूल्य सूचीअनुसार औषतमा १ सय १५ रुपैयाँ चिनियाँ प्याजको मूल्य कायम भएको छ । यस्तै थोक बजारमा चिनियाँ प्याजको औषत मूल्य ८५ रहेको कालिमाटी तरकारी बजारको तथ्याङकले देखाउँछ।

    कालिमाटी बजारका सूचना अधिकारी विनय श्रेष्ठले भारतीय बजारमा प्याजको मूल्य कम भएकाले त्यसको असर नेपाली बजारमा पनि देखिएको बताए। ‘भारतीय बजारमा नयाँ प्याज आएपछि मूल्य घटेको छ,’ उनले भने, ‘भारतले प्याजमा गरेको प्रतिबन्ध फुकुवा नगरेपनि केही खुकुलो भएको छ। त्यसैले उता मूल्य घटेपछि नेपाली बजारमा पनि मूल्य घटेको हो।’

    यही हप्ताको आइतबारसम्म २०\२२ टन प्रतिदिन प्याजको आयात हुने गरेकोमा मंगलबार ७० तथा बुधबार ६४ टन प्याज भारतबाट आयात भएको श्रेष्ठले बताए।

    विगत एक महिनामा १३ सय ६० टन प्याज आयात भएकोमा ७ सय ४१ टन चीनबाट ४ सय ३२ टन भारतीय प्याज आएको थियो। बाँकी नेपाली प्याज थियो । भारतबाट आउने प्याज निरन्तर बढेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। भारतमा एक महिनाअघि मात्रै प्रतिकेजी १ सय ५० रुपैयाँ रहेको प्याज अहिले ७० भारुमा झरेको छ।

    एशियाकै सबैभन्दा बढी प्याजको उत्पादन हुने नासिक, गुजरात तथा राजस्थानमा नयाँ प्याजको उत्पादन भएको छ। भारतीय संचार माध्यामकाअनुसार यी ठाउँबाट प्याजको आपूर्ति दुई गुणासम्मले बढेको छ।

    नासिकमा पछिल्लो केही दिनमा प्याजको मूल्य प्रति क्विन्टल ४ हजार भारुसम्म घटेको छ। संचार माध्यामहरुले थोक प्याजको मूल्य केही दिनमै ३० भारुसम्म पुग्नसक्ने बताएका छन्। मूल्य घट्ने शंकाले किसानहरु प्याज बेच्न हतार गरिरहेको बताइएको छ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑