भिम भुसाल
देवचुली ।
नेपालकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा परिचित भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव गर्ने भएको छ । स्थापनाको ५० वर्षपुगेको अवशरमा नवलपुरको देवचुली नगरपालिका ७ रामबासमा रहेको भीमसेनले आज पत्रकार सम्मेलन गर्दै स्वर्ण महोत्सव गर्ने जनाएको हो ।
शिक्षा मन्त्रालयबाट नेपालमै तेस्रो उत्कृष्ट सामुदायिक विद्यालय, ८० प्रतिशत भन्दा बढी नतिजा ल्याई लगातार तिन पटक सम्म शिक्षा मन्त्रालय बाट सम्मानित विद्यालय तथा सामुदायिक विद्यालयतर्फ विद्यालयलाई नेपाल प्रथम गराउन सफल बिद्यालयको रुपमा परिचित भीमसेन आर्दश नमुना माध्यमिक विद्यालयले १६ दिने कार्यक्रम गर्ने भएको छ ।
विद्यालयमा जाडो बिदाको समय सदुपयोग गर्दै पौष २४ गते देखि माघ १० गते सम्म विविध कार्यक्रमका साथ महोेत्सव समारोह गर्ने विद्यालयका प्रध्यानाध्यापक नरदेव न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।
समारोहको अवशरमा भीमसेन स्वर्ण स्मारिका प्रकाशन, स्वर्णबाटिका शिलन्यास, विद्यालयमा जङ्गफूड निषेध, स्वर्ण स्तम्भ निमार्ण लगाएत अभिभावक, शिक्षक तथा विद्यार्थिहरुको विविद्य कार्यक्रम गर्ने विद्यालय ब्यवस्थापन समिति अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिनुभयो ।
जिल्लामै अत्याधिक विद्यार्थि भएको र अधिकतम विद्यार्थिलाई उत्तीर्ण गराउन सफल सामुदायिक विद्यालय भीमसेनको स्वर्ण समारोहको अन्तिम दिन माघ १० गते नेपाल कम्युनिष्ट पार्टि (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथिको रुपमा आउने विद्यालयले जनाएको छ ।