जनकपुरधाम।
ट्रिपरले किचेर हत्या भएको विरोधमा स्थानीयले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन्। शुक्रबार बिहान धनुषाको मिथिला नगरपालिका–५ का २४ वर्षीय छोरा दिलीपकुमार महतो ‘ओमप्रकाश’लाई ना ७ ख ६४१३ नम्बरको ट्रिपरले किचेको थियो । अवैध गिट्टी बालुवा उत्खनन्को पटक(पटक विरोध गर्दै उनीसहितको टोली विरोधमा प्रहरी प्रशासन पुगेका थिए।
अवैध उत्खनन्को विरोध गर्ने युवकको ट्रिपरले किचेर हत्या
घटनाको प्रकृति हेर्दा नियोजित रुपमा ट्रिपरले किचेर दिलिपको हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए। ट्रिपर चालक फरार भएकाले उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले बताए। घटनापश्चात मिथिला नगरपालिका ५ श्रीपुर रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध गर्दै दोषीलाई कारवाहीको माग गरेका छन्।