भिम भुसाल, देवचुली ।
नवलपुरको देवचुली नगरपालिकामा रहेको परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थापक शेयर सदस्यहरुलाई सम्मान गरेको छ । संस्थाको १३ औँ स्थापना दिवस तथा विस्तारीत मञ्चको कार्यक्रममा शनिवार संस्थाका संस्थापक २ सय ८६ शेयर सदस्यलाई सम्मानित गरेको हो ।
संस्थाका अध्यक्ष खेमराज सापकोटा, कार्यक्रमका प्रमुख अतिथि एंव देवचुली नगरपालिका प्रमुख पूर्णकुमार श्रेष्ठ, विशेष अतिथि नगर उप–प्रमुख पार्वता तिवारी, जिल्ला सहकारी संघ सचिव होमनाथ जैशी, देवचुली १३ वडाअध्यक्ष क्यापटेन डिलबहादुर खत्री लगाएतका ब्यक्तिहरुबाट संस्थाले आफ्ना संस्थापक शेयर सदस्यहरुलााई सम्मान गरेको हो ।
७ हजार भन्दा धेरै शेयर सदस्य रहेको परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हाल सम्म जिल्ला, प्रदेश, राज्य तथा अन्र्तराष्ट्रिय स्तरको सम्मान प्राप्त गरिसकेको छ ।
दिब्य प्रगति, देवचुली बहुउदेश्य, परोपकार, पारदर्शी, शुभकामना गरी ५ सहकारी मर्ज भएर हाल परोपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रुपमा देवचुली १३ दलदलेमा सञ्चालनमा आएको छ ।