
चितवन ।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत भेटिएको छ । निकुञ्जको घडगाई पोष्ट नजिक पोथी गैंडा मृत भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।

अन्दाजी २० बर्षको गैंडा एक्जाभेटर लगाएर गैंडा बाहिर निकालिएको छ । गैंडाको खाग र खुरहरु सुरक्षित छन् ।
भाले गैंडाले लेखेटर भाग्न खोज्दा गैंडा दलदलमा भाँसिएको हुनसक्ने सहायक संरक्षण अधिकृत रमेश यादवले बताए । जाडोयाम गैंडा प्रजननको समयका रुपमा लिइन्छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत रुपाखेतीका अनुसार चालु आर्थिक वर्षमा योसहित ७ वटा गैंडा मरेका छन् । ््गत बर्ष ४३ गैंडा मरेका थिए ।