
नवलपुर ।
नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई सफल पार्न नवलपुरका युवाहरु सक्रिय भएका छन् । “भिजिट नवलपुर २०२०” अन्तरर्गत रहेर युवाहरुले नवलपुर क्षेत्रका विभिन्न संघ संस्थामा अवद्ध व्यक्तिहरुसंग आज अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा भिजिट नवलपुर २०२० र दोसो जिल्ला युवा उत्सव २०७६ को बारेमा छलफल गरिएको थियो । नवलपुरका युवाहरुबाट संचालित सहयोगी संस्थाको , ड्याड नेपाल , हामो संसार संस्था र ट्रन्सफरमेसन मिडियाको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । भिजिट नवलपुर र जिल्ला युवा उत्सब सफल पार्न ६ सदस्यीय कार्य समिति समेत चयन गरिएको छ ।

संयोजकमा तिर्थराज काफ्ले , सह९संयोजकमा ओमकार घिमिरे,कोषाध्यक्षमा सम्झना सापकोटा , सह९कोषाध्यक्षमा जानुका सापकोटा , सचिवमा पुर्सोत्तम ज्ञवाली , सह९सचिवमा सीता कुवंर चयन भएका छन । कार्यक्रममा “भिजिट नवलपुर २०२०” सफल बनाउन युवाहरुले अन्तकृया , सवारी साधनहरुमा स्टिकर , कविता , गजल ,क्विच , स्पिज र डन्डी बियो लगायतका खेलहरु समेत अयोजना गरिने बताईएको छ ।यस्तै दोस्रो जिल्ला युवा उत्सव चैत्र १५ गते आयोजना गरिने संयोजक तिर्थराज काफ्लेले बताउनु भयो । नेपालको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा युवाको छ नवलपुरको पर्यटन विकासमा युवाको महत्वपुर्ण भुमिका रहन्छ । त्यसकारण पर्यटन केन्द्रित कार्यक्रम सहितको यस पटकको युवा उत्सव केन्द्रित रहने छ । जसको लागि स्थानीय, प्रदेश र केन्द्र सरकार संग पनि सहकार्य हुनेछ ।