भिम भुसाल, नवलपुर ।
नवलपुरको देवचुली नगरपालिका १५ प्रगतिनगरमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५–४० वर्षको बोटे कुमाल जस्तो देखिने पुरुषको फेला परेको हो । आज विहान १० बजेको समयमा स्थानियले महेन्द्र राजमार्गबाट ५० मिटर दक्षिणको झाडिमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अनुहारमा चोट लागेको अवस्थामा शव फेला परेको हो । मदिरा सेवन गरि लडेर उक्त ब्यक्तिको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।
अहिले शवको मुचुल्का उठाउने काम भैरहेको छ । शव पोष्ट मार्टमका लागी प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाईने अस्थाई प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ ।