काठमाडौं ।
घोराही सिमेन्टमा माटो भेटिएको छ । त्यससँगै सरकारले त्यसको उत्पादन रोक्ने तयारी गरेको छ । सिमेन्टको एक बोरामा १३ प्रतिशतभन्दा बढि माटो मिसिएको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ । साथै विभागका अनुसार त्यसको उत्पादन समेत रोक्ने तयारी थालिएको हो ।
कम्पनीले ओपिसी सिमेन्टको नाममा माटो बेचिरहेको परिक्षणले देखाएको थियो । उक्त तथ्य पत्ता लागेसँगै विभागले १५ दिने स्पष्टिकरण सोधेको थियो । त्यससँगै कम्पनीले स्पष्टिकरण समेत बुझाइसकेको छ त्यसको उत्पादन गुणस्तर तथा स्पष्टिकरणलाई हेरेर सरकारले ३ महिनाका लागि बन्द गराउन लागेको हो ।
कानुन अनुसार ओपीसी सिमेन्टमा २ प्रतिशत भन्दा बढि आईआर हुनु हुदैँन । तर घोरहीको भने आइआरको मात्रा १३ प्रतिशत भन्दा बढि भेटिएको थियो । त्यसरी कम्पनीले माटो मिसाएर बेच्दा उत्पादन लागत कम लाग्ने भएकाले अकल्पनिय नाफा कमाउन सक्नेछन् । तर त्यस्तो किसिमको सिमेन्ट प्रयोग गर्दा भने बनाइएका भौतिक संरचना छिटै भत्किने हुन्छ । त्यसैले ओपीसी सिमेन्टमा माटो तथा अन्य पदार्थको मात्रा करिब २ प्रतिशत भन्दा बढि हुनु नहुने विभागले जनाएको छ ।