देवचुली ।
देवचुली नगरपालिका –४ बस्ने वर्ष १० का बिवस बसेल (नेपाली) को लागि बिवस बचाँउ अभियान चलिरहेको छ । ब्लड क्यानसरबाट पिडित बालकलाई उपचार खर्च अन्र्तगत आर्थिक संकलन अभियानमा हाल सम्म ५२ हजार रुपैया संकलन भएको छ ।
देवचुलीका सौगात भुसालले एक्लै,पिडित बालकको उपचारको लागी आर्थिक संकलनलाई निरन्तरता दिदै आएका छन् । उनले संकलन गरेको रकम परिवारमा अर्को हप्ता उपलब्ध गराउने बताएका छन् ।
आर्थिक रुपमा विपन्न रहेको बसेलको परिवारलाई आर्थिक सहयोग रकम विभिन्न ब्यक्ति तथा संघसंस्थाहरुबाट संकलन भैरहेको छ । हाल सम्म सहयोग रकम उपलब्ध गराउने सम्पूर्ण ब्यक्ति तथा संघ संस्थाहरुलाई अभियानकर्ता भुसालले धन्यवाद दिदै अन्य ब्यक्तिहरुलाई पनि सहयोग गरी बालकको जिवन बचाईदिन आग्रह गरेका छन् ।
हाल सम्म पिडित बालकको स्वास्थ्य उपचारका लागी करिब २ लाख ५० हजार रुपैया रकम परिवारले विभिन्न सहयोगिहरुबाट प्राप्त गरिसकेको बालकका बुवा देव बहादुर बसेल (नेपाली)ले पावर संदेशलाई जानकारी दिनुभयो। देवचुली ४ मा नै रहेकोे श्री शान्ति सिर्जना आधारभुत विधालयमा कक्षा ३ मा अध्यन गरीरहेका बालक बिवसलाई आर्थिक सहयोग गरी बालकको ज्यान बचाईदिन बुवा देव बहादुर बसेलले सबैलाई अनुरोध गर्नुभएको छ । बालकको सहयोगको लागी कृर्षि बिकास बैक र कामना सेवा विकास बैँकको खाता नम्बर उपलब्ध गराईएको छ । बुवा देव बहादुर बसेलको नाममा कृर्षि बिकास बैँकमा रहेको खाता नम्बर ०४१५१०११०१५९८०१९ र कामना सेवा बिकास बैँकको ०२१११४०००६८८५०००००१ नम्बरको खातामा आर्थिक सहयोग उपलब्ध गराईदिन बालकका बुवाले आग्रह गर्नुभएको छ ।
सहयोगको लागी सौगात भुसाल
९८५७०८७२३०