भिम भुसाल, देवचुली ।
माघ १ गते देवचुली नगरपालिकामा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । पाँचौ राष्ट्रिय योग दिवसको अवशरमा देवचुली नगरपालिका र पतञ्जली योग समिति देवचुलीको संयुक्त आयोजनामा म्याराथुन दौड प्रतियोगिता हुने भएको हो ।
राष्ट्रिय एकता योगको सान्र्दभिकता भन्ने नाराका साथ युवा, वृद्ध तथा महिलाहरुका निम्ति नगरभित्र माघ १ गते ४.२ किलोमिटर दौडाईने देवचुली नगरपालिकाले जानकारी गराएको छ ।
प्रतियोगितामा पुरुष ४० वर्ष माथिको ४.२ किलोमिटर, पुरुष ४० बर्षमुनिको ४.२ किलोमिटर र विवाहित महिला ४.२ किलोमिटर गरि ३ म्याराथुन दौड प्रतियोगिता रहने छ । भोलि (बुधवार) बिहान ८ बजे देवचुली १५ प्रगतिनगरको जन ज्योति माध्यमिक विद्यालयबाट पृथ्वीनगर चोक, धारापानि चोक हुदै जनज्योति नमूना मा.वि. कैलाशचोक सम्म म्याराथुन दौड हुने छ ।
प्रतियोगितामा सहभागी बन्न देवचुली नगरभित्रका सम्पूर्ण ब्यक्तिहरुलाई देवचुली नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसालले अनुरोध गर्नुभएको छ ।