निशा भण्डारी
देवचुली ।
शुभ प्रभात समाजद्वारा धर्मावलम्बीहरुलाई निस्शुल्क चियापान वितरण गरिएको छ । माघे सङक्रान्तिको अवसरमा देवचुली १ नारायणी दिब्यधाममा स्नान गर्न आएका भक्तालु धर्मावलम्बीलाई निस्शुल्क रूपमा चिया वितरण गरिएको हो । मानव सेवानै धर्म हो भन्दै समय सान्दर्भिक कार्यक्रमको आयोजना गरिएको शुभ प्रभात समाजका अध्यक्ष कृष्ण वाग्लेले बताउनु भयो ।
नवलपुरमा पछील्लो समय धार्मिक कार्यमा युवाहरूलाई सकृय गराउन विभिन्न कार्यक्रमहरु गर्दै आएको कुरा समेत वाग्लेले जानकारी दिनु भयो । कार्यक्रममा युवा अभियान्ता बिशाल सापकोटा, शुसिल चापागाई,आशिष वाग्ले,नबु आचार्य,सन्देश गुरुङ ,सन्दीप लम्साल लगायतले सहयोग गरेका थिए । यसरी निस्शुल्क चिया पाउदा भक्तालुहरु खुशी भएका थिए ।