
पोखरा ।
पोखराको मणिपाल हस्पिटलमा एक महिलाले चम्ल्याहा बच्चा जन्माउनु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका १ की २६ वर्षीया सुनिता प्रधानले तीन छोरी र एक छोरालाई जन्म दिनु भएको अस्पतालका स्टार्फ नर्स लक्ष्मी श्रेष्ठले जानकारी दिनु भयो ।

प्रधानले जन्माउनु भएको पहिलो बच्चा छोरीको तौल एक किलो ५ सय ग्राम, दोस्रो बच्चा छोराको तौल एक किलो ३ सय ग्राम, तेस्रो छोरीको तौल एक किलो ३ सय ग्राम र चौथो छोरीको तौल एक किलो ४ सय ग्राम रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका डाक्टर महेन्द्र पाण्डे नेतृत्वको टोलीले शल्यक्रियामार्फत चार बच्चा जन्मिएका हुन् । चारै जना शिशु र आमाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानको यो दोस्रो गर्भ हो । प्रधानको पहिलो छोरा पाँच वर्षका छन् ।