किरण भुर्तेल,कावासोति ।
कावासोती नगरपालिका वडा न १३ लौखानीमा रहेको शिद्धेश्वर महादेव मन्दिरको जिर्णोद्वार तथा थप संरचना निर्माणको लागि युवा हरुको सक्रियतामा स्थानीयले सुरु गरेको सहयोग संकलन अभियान तिव्र गतिमा अगि बढिरहेको छ। २०५५ साल तिर निर्माण गरिएको मन्दिर
जीर्ण भएको कारण मन्दिरको पुननिर्माणका लागि अभियाननै सुरु गरेर आफुहरु लागिपरेको स्थानीयहरुले बताएका छन् ।
अहिलेसम्म तिन लाख सत्तरी हजार भन्दा बढी रकम नगद र एक लाख पचास हजार बराबर को जिन्सी सहयोग जुटेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तारानाथ लामिछानेले जानकारी दिए ।
अहिलेसम्म जापान, युएई, कतार, साउदी, अमेरिका, भारत लगायतका देशमा रहेको युवा हिन्दु धर्मावलम्बीका साथै नेपालमा रहेका दाताहरुले सहयोग गरेको अध्यक्ष लामिछानेले बताए ।
मन्दिर परिसरमा बिस लाखको लागतमा खानेपानी, शौचालय, कृयाघर, १०८ शिवलिङ लगायतका भौतिक संरचना निर्माण गर्ने योजना आफुहरुले बनाएको सचिव रुद्र रिजालले बताए ।आगामी शिवरात्रीसम्म काम सम्पन्न गरिसक्ने लक्ष्य रहेको बताउँदै सहयोग संकलन अभियान्ता निराजन गौतमले देश तथा बिदेशमा रहनुहुने सम्पुर्णलाइ सहयोगका लागि अपिल गरेका छन।