नवलपुर ।
नवलपुरको गैंडाकोटमा भ्रमण बर्षलाई लक्षीत गर्दे नयाँ होटल सञ्चालनमा आएको छ । नारायणी विजनेश ग्रुपको लगानीमा होटल द नारायणी सञ्चालनमा आएको हो । होटलका बारेमा जानकारी दिन शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै होटल व्यवस्थापन समितिका अध्यक्ष प्रभाकर पण्डीतले समयको माग र आबश्यकतालाई मध्यनजर गर्दे होटल सञ्चालनमा ल्याएकोे बताउनुभयो ।
उहाँले भन्नुभयो,“ भ्रमण बषृमा सरकारले २० लाख पर्यटक नेपाल भित्राउने उदेश्य राखेको छ , ति मध्य अधिकांश चितवन र नवलपुर आउँछन् । त्यसकारण पनि हामीले नयाँ सुविधा सम्पन्न होटलको आबश्यकता महसुस गरेका हौं । ” पण्डितले चितवनमा चार लाख र नवलपुरमा १ लाख ५० हजार पर्यटक भित्राउने लक्ष भएको भन्दै त्यसलाई मध्यनजर गर्दे होटल संचालनमा लाएको बताउनुभयो । करिव ७ करोडको लगानीमा संचालनमा आएको होटलको माघ ८ गते औपचारिक कार्यक्रम गरि शुभारम्भ गर्ने लक्ष राखिएको अध्यक्ष पण्डितले बताउनुभयो ।
नारायणी विजनेस ग्रुपले यस अघिनै गैंडाकोटको नारायणी नदि किनारमा द नारायणी रिसोर्ट संचालनमा ल्याईसकेको छ । सो रिसोर्टको उत्साहजनक सफलता पछि नयाँ होटल संचालनमा ल्याएको होटलका संचालक समिति सदस्य बसन्त पराजुलीले बताउनुभयो । द नारायणी रिसोर्ट बि.स.२०७४ साल मंसिर १ गतेदेखि सञ्चालनमा आएको थियो ।
होटलमा ध्वनी प्रदुषण रहित ६ वटा बैठक तथा सभाहल , पार्टी हल , मनोरम वाटर फाउण्टेन र सुविधा सम्पन्न सुपर डिलक्स रुमहरु रहेका छन् । पराजुलीले काठमाडौ , सौराहा र पोखरा देखि लुम्विनी आवतजावत गर्ने पर्यटकलाई लक्षीस्त गर्दे होटल संचालनमा ल्याएको बताउनुभयो । “ द नारायणी रिसोर्ट मात्र हामीलाई अप्रयाप्त भयो , ग्राहकहरुको चाहानालाई मध्यनजर गरेर होटल संचालनमा ल्याएका हौं । ” पराजुलीले भन्नुभयो । होटल व्यवस्थापनले ग्राहकको सन्तुष्टी र गुणस्तरीय सेवानै आफ्नो प्रमुख लक्ष रहेको जनाएको छ । चेन होटलको रुपमा मुलुकका अन्य भागमा पनि होटल संचालन गर्ने उदेश्य रहेको अध्यक्ष पण्डीतले बताउनुभयो ।