• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

एमसिसीलाई कांग्रेसको समर्थन छ : सभापति देउवा

पावर संदेश
   ५ माघ २०७६, आईतवार १४:१७  मा प्रकाशित
  • 986 पटक पढिएको







  • दाङ।
    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीलाई पार्टीले पूर्ण समर्थन गर्ने बताएका छन्। नेपाल प्रेस यूनियन दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री देउवाले एमसिसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई फिर्ता जान दिन नहुने बताए।
    ‘एमसिसी म प्रधानमन्त्री हुँदा क्याबिनेटले पास गरेको कुरा हो’ देउवाले भने ‘अमेरिकाको यत्रो ठूलो रकम पहिलो पटक नेपालमा आएको हो, त्यसैले एमसिसी नेपालका लागि धेरै महत्वपूर्ण छ।’ कुनै पनि हालतमा यति ठूलो सहयोगको पैसा फिर्ता जान दिन नहुने मान्यतामा नेपाली कांग्रेस रहेको देउवाले बताए। देउवाले भने ‘मलाई विश्वास छ, अहिलेको सरकारले पनि त्यसलाई अगाडि बढाउने छ।’
    नेपालमा लगानी वृद्धि एवं आर्थिक विकासमा तीब्रता ल्याउने उद्देश्यसहित नेपाल सरकारले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को सम्झौता नेपालको विकासको लागि महत्वपूर्ण रहेको देउवाले दाबी गरे।
    एमसिसी पारित भए भोलि नेपालले भारतलाई विद्युत बेच्न सजिलो हुने देउवाले बताए। बुटवलदेखि नयाँ दिल्लीसम्म भारतले ट्रान्समिसन लाइन बनाउन सुरु गरिसकेको बताए। त्यस्तै उनले त्यो रकमले नेपालको सडक निर्माण तथा विस्तारमा समेत सहयोग पुग्ने बताए। अहिलेको सरकारले कुनै पनि त्यस्तो उल्लेखनीय काम गर्न नसकेको देउवाको आरोप छ। ‘सरकारले दुई वर्षमा गरेका दुईटा काम देखाउनुस न’ उनले भने ‘सरकारले भ्रष्टाचार बढाएको छ, उपभोक्ता समितिको नाममा लुट भइरहेको छ।’
    उनले सरकारका गलत कामको प्रतिपक्षीले सदनवाट विरोध गर्दै आएको बताए। ‘काँग्रेस कहाँ चुुप लागेर बसेको छ,’ देउवाले भने ‘तपाईले भोट हाल्ने बेला एमालेलाई हाल्ने अनि आज काँग्रेसलाई चुप लागेको छ भन्नेरु टिभी हेर्नु हुन्न कि क्या हो।’
    त्यस्तै फरक प्रसङ्गमा देउवाले आफूले काम चलाउनका लागि प्रदेश नं. ५ को अस्थायी राजधानी त्यतिबेला बुटवल तोकेको भएपनि त्यो स्थायी नभएको हुँदा अहिलेको सरकारले आवश्यक ठाउँमा सार्न सक्ने बताए।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
  • देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑