
चितवन ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहितका ३ जना प्रतिवादीले सफाइ पाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले आइतबार लामिछाने सहित न्यूज २४ टिभिका पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई सफाइ दिएको हो ।