
नवलपुर ।
नवलपुर उद्योग बाणिज्य संघले आफुहरुको आयोजनामा हुन लागेको आसन्न नवलपुर महोत्सब ठेक्कामा नदिएको प्रस्ट पारेको छ । संघका अध्यक्ष डासुराज पोखरेलले एक प्रेस बिज्ञप्ती जारी गर्दै महोत्सबको सम्पुर्ण ब्यबस्थापन संघले नै गरेको उल्लेख गरेका छन् ।

बिज्ञप्ती मा भनिएको छ , महोत्सब ठेक्कामा दिएको भनेर भ्रम फैलाउन खोजिएको छ , तर त्यस्तो होइन ।यस अघि ठेक्कामा दिने निर्णय भएपनी पौष १९ गते बसेको बैठकले त्यो सम्झौता खारेज गरि संघले नै सबै ब्यबस्थापन गर्ने गरि काम भैरहेको बिज्ञप्ती मा उल्लेख छ । उद्योगी ब्यबसायी हरुको अपनत्व महसुस हुने गरि सबै ब्यबस्थापन संघले गरेको पोखरेलले बताए । उनले भने,ठेक्कामा दिएको भन्ने अतिरन्जित प्रचार गरिएको छ , त्यो सत्य होइन , भ्रमको पछि नलाग्न म अनुरोध गर्दछु ।
पोखरेलले महोत्सब सफल पार्न सबै नवलपुरबासी एक जुट हुन आग्रह गर्नुभयो । नवलपुर महोत्सव माघ ९ गते बाट शुरु हुँदै छ । महोत्सबको उद्घाटन उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणा ले र समापन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्दैछन् ।