भिम भुसाल, नवलपुर ।
हुप्सेकोट गाउपालिकाको सवारीले ठक्कर दिँदा एक बालकको ज्यान गएको छ । हुप्सेकोट गाउपालिका -४ नयाँ बजारमा गाउपालिका उपाध्यक्षलाई घर छोडेर फर्कने क्रममा गाउपालिकाको गाडिले ठक्कर दिदा ५ बर्षिय दिप गाहाँ नाम गरेका बालकको मृत्यु भएको हो । ग १ झ ३८९ नम्बरको गाउपालिकाको गाडिले कार्यालयबाट एक सय मिटरको दुरीमा घरमा नै खेलिरहेका बालकलाई ठक्कर दिदा बालकको घटना स्थलमै मृत्यु भएको हो ।
बाटोमा रोकिराखेको हुप्सेकोट गाउपालिका वडा नम्बर २ का वडाअध्यक्ष चढ्ने मोटरसाईकलमा गाउपालिकाको गाडिले ठक्कर दिए पश्चात गाडि अनियन्त्रित भएर घरमा ठक्कर दिन पुगेको थियो । गाउपालिकाको गाडिले मृतक बालक सहित उनकि आमा र एक युवालाई ठक्कर दिएको स्थानिय प्रदिप पाण्डेले पावर संदेशलाई जानकारी दिए ।
मृतक बालक सहित घाईते महिला र युवालाई अस्पताल लगिएको छ भने चालक फरार रहेको बताईएको छ ।