
नवलपुर ।
छैठौं नवलपुर महोत्सव आजदेखि नवलपुरको कावासोतीमा शुरु भएको छ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघ पूर्व अध्यक्ष विशिष्ट सदश्य एंव सार्क चेम्बर अफ कर्मशका उपाध्यक्ष चण्डीराज ढकालले उद्घाटन गर्नुभएको हो ।
१० दिन सम्म चल्ने महोत्सवको भब्यताका साथ शुभारम्भ गरीएको छ । जिल्ला सदरमुकाम कावासोतीको फलफूलचोकबाट शोयायात्रा निकाल्दै नगर परिक्रमा गराईएको थियो । शोभायात्रामा जिल्लाका विभिन्न आमा समुह, युवाक्लव, भजन समुहहरुले झाँकि सहित नृत्य, लाखे नाच, भजन किर्तन सहित सहभागि बनेका थिए ।

माघ १९ गते सम्म संचालन हुने महोत्सबको यस पटकको नारा कृषि ,पर्यटन, उद्योग र व्यापार, समृद्ध नेपालको मुल आधार रहेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले जानकारी दिए ।
पोख्रेलले नवलपुरको पहिचानलाई देश बिदेश सम्म र्पुयाउन महोत्सब सहयोगी हुने बिश्वास ब्यक्त गरे । उनले भने ,“ नेपाल भ्रमण वर्ष २०२०लाई सफल पार्न र नवलपुरका पर्यटकीय गन्तव्यलाई देशभरी प्रचार गर्नु महोत्सबको मुल उदेश्य हो । “ पोख्रेलले जिल्लाको आर्थिक समृद्धिमा टेवा र्पुयाउनु पनि महोत्सबको उदेश्य भएको बताए ।
नवलपुर उद्योग वाणिज्य संघका महासचीब बैकुण्ठ प्रसाद अर्यालले स्थानिय रुपमा रहेका महत्वपूर्ण सम्पदा , पर्यटकीय गन्तव्य र उत्पादनको प्रचार प्रसार गर्नु महोत्सबको अर्को उदेश्य रहेको बताए । महोत्सवमा व्यापारीक स्टल, उत्कृष्ट कृषक तथा कृषि सहकारीरसमूहलाई सम्मान , खाना महोत्सव , नवलपुर डान्स आईडल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतियोगिता, साहित्यिक कार्यक्रम, विभिन्न सांस्कृतिक कार्यक्रम , बाल उद्यान, नवलपुरको धार्मिक तथा भौगोलिक क्षेत्र समेटिएको वृतचित्र प्रदर्शनी लगाएतका कार्यक्रम रहने आयोजकले जानकारी दिएको छ ।
संघका बरिस्ठ उपाध्यक्ष पुष्प पाण्डेले महोत्सबमा तीन लाख दर्शकले अवलोकन गर्ने र अनुमानित ५ करोड कारोबार हुने लक्ष राखिएको बताए । कावासोती–३ मा रहेको राममन्दिर नजिकैको खेलमैदानमा हुने महोत्सबमा २५० व्यापारीक स्टल सहित कुल २७५ स्टल रहेका छ्न् ।