
गैडाकोट।
पूर्वी नवलपरासीको गैडाकोटमा गएराति टिप्परको ठक्करबाट एक जनाको निधन भएको छ ।

गैडाकोट ८ मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै गरेको बा ६७ प ७८८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक रूपन्देहीको बुटवल सितलनगर बस्ने ३५ बर्षीय भुवन केसीको निधन भएको हो ।
ठक्करबाट गम्भीर घाईते केसीको उपचारको क्रममा राति जिल्ला अस्पताल तितवनमा निधन भएको हो ।
दुर्घटनामा परी मोटरसाईकलमा गैडाकोट ५ निवासी २६ बर्षीय शशी कपुर केसी घाईते भएका छन्। उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भई रहेको छ । ठक्कर दिने टिप्पर र टिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।