• पावर खोजी
  • नवलपुर बिशेष
  • समाचार
  • अर्थ
  • शिक्षा स्वास्थ्य
  • मनोरञ्जन
  • पर्यटन
  • प्रदेश संस्करण
  • देश बाहिर
  • खेलकुद
  • धर्म-संस्कार
  • भिडियो
HomePrivacy PolicyTerm of Service
आज:  | Fri, 29, Sep, 2023
  • पावर खोजी
  • देवचुली बिशेष
  • नवलपुर बिशेष
  • समाचार
    • राजनीति
    • समाज
    • अर्थ
    • शिक्षा स्वास्थ्य
    • दुर्घटना
    • कला/साहित्य
    • पर्यटन
  • प्रदेश संस्करण
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुर पश्चिम
  • अन्य
    • खेलकुद
    • कभर स्टोरी
    • धर्म-संस्कार
    • यौन
    • रोचक
  • भिडियो

देशभरका विद्यालयमा सरस्वती पूजाको दिन भर्ना अभियान, देवचुलीको जनज्योतीमा विशेष कार्यक्रम

पावर संदेश
   १६ माघ २०७६, बिहीबार १३:२५  मा प्रकाशित
  • 718 पटक पढिएको







  • भिम भुसाल, देवचुली ।  
    प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको बिहिवार विभिन्न कार्यक्रम गरी धुमधामका साथ मनाइएको छ । विद्याकी देवीका रूपमा मानिने सरस्वतीको आराधना गर्दै देशभरका विभिन्न विद्यालयहरुमा सरस्वती पूजा गरिएको हो । हिन्दु धर्मावलम्बीहरुले सरस्वती मन्दिर तथा पुस्तकको आराधना गरी श्रद्धा पुर्वक पुजा गरेका छन् ।
    देशभरका विभिन्न विद्यालयहरुमा आजको दिन अक्षर शुभारम्भ गरि भर्ना अभियान सञ्चालन गरिएको छ । यसै क्रममा देवचुलीको जनज्योती माध्यमिक विद्यालयको प्राईमरी ब्लकले विशेष कार्यक्रको आयोजना गरि भर्ना अभियान शुभारम्भ गरेको छ । प्राईमरी ब्लक विद्यालय ब्यवस्थापन समिति संयोजक प्रितम भुजेलको अध्यक्षता तथा नवप्रतिभा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी निर्देशक रामप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा भर्ना अभियान शुभारम्भ गरिएको हो ।

    विशेषगरी सरस्वती पूजाको दिन बालबालिकालाई अक्षराम्भ गराए शुभ हुने मानिन्छ । विद्यार्थीहरु देवी सरस्वतीको पूजा प्रार्थना गर्न बिहानै देखि देवचुली १५ प्रगतिनगरमा रहेको जनज्योति माध्यमिक विद्यालय प्राईमरि ब्लक भएको स्थानमा भीड रहेको थियो । विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक संरचनाको स्तरउन्नती गर्न सहयोग गर्ने विभिन्न सहयोगी ब्यक्ति तथा संघ–संस्थाहरुलाई विद्यालयले विशेष कार्यक्रम राख्दै सम्मान समेत गरेको छ ।
    विद्यालयको शैक्षिक गुणस्तर वृद्धिगर्न सिसि क्यामेरा, प्रोजेक्टरको माध्यमबाट पठनपाठन, आधुनिक खेलकुद सामाग्रीका साथ विद्यार्थिहरुलाई दिवा खाजाको ब्यवस्था समेत विद्यालयमा हुने ब्यवस्था गरिएको छ । १ सय ३० विद्यार्थि रहेको जनज्योति प्राईमरी ब्लकमा आज मात्रै २० विद्यार्थि भर्ना भएका छन् ।

    हरेक विद्यालयहरुले आ–आफनै तरिकाले आज बसन्त पञ्चमी मनाएका छन् । आजको दिन विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकारहरुले आ–आफ्ना कलासाधनाका उपादानहरु कापी–कलम, वाद्ययन्त्र, कुचीलगायतको श्रद्धापूर्वक पूजा गर्ने गर्दछन ।



    फेसबुकबाट कमेन्ट गर्नुहोस



    सम्बन्धित समाचार

  • रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
  • उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
  • विद्यालय शिक्षा र आजका बालबालिका
  • नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने



    • पछिल्ला
    • लोकप्रिय
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    विद्यालय शिक्षा र आजका बालबालिका
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    रुपान्तरण र युवा प्रा.लि.को आयोजनामा नेतृत्व सीप विकास कार्यक्रम सम्पन्न
    प्रभु बैंकको नयाँ शाखा कपिलवस्तुको चन्द्रौटामा
    ४९ लाख भ्रष्टचार गरेका प्रमुख सेनानी केशवराज कार्की बर्खास्त
    पाँचथर सामूहिक हत्याकाण्डः त्रासमा स्थानीय, कसरी हटाउने डर ?



    मुख्य समाचार
    उच्च तापक्रमबाट बच्ने सामान्य उपाय
    नयाँ बर्षकाे अवसरमा जापानमा बृहत् सांकृतिक कार्यक्रम हुने
    देवचुली नगरपालिका करार कर्मचारी नियुक्तिमा चलखेलको आशंका
    लाेक प्रिय बन्दै हातेमालाे इनकाे मड्का चिया
    देवचुली महोत्सव उद्योग वाणिज्य संघका अध्यक्ष एकातिर जिम्मेवार पक्ष अर्कोतिर : अब होला त देवचुली महोत्सव ?

    • Home
    • Privacy Policy
    • Term of Service
    • छुटपुट
    • अन्तर्वार्ता
    • खेलकुद
    • प्रदेश संस्करण
    • Search Form
    पावर नवलपुर मिडिया प्रा. लि.द्वारा संचालित
    कम्पनि दर्ता नं. 227774/076/077
    नवलपुर, नेपाल
    +९७७-९८१४४८८५५२
    [email protected]
    www.powersandesh.com
    अध्यक्ष- पवनकुमार बुढाथोकी
    कार्यकारी निर्देशक – भिम भुसाल
    सम्पादक -मदन अर्याल

    Facebook

    © २०७६: पावर संदेश मा सार्वधिकार सुरक्षित छ | Designed by: GOJI Solution
    ↑